कम्युनिष्ट सरकारले निर्वाचनमा संकल्प गरे अनरुप काम गरिहेको छः अध्यक्ष प्रचण्ड

चितवन  । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष एवं पुर्वप्रधानमन्त्री पुष्पकमल दाहल ‘प्रचण्ड’ ले कम्युनिष्ट सरकारले निर्वाचनको बेला जे संकल्प लिएको थियो ,त्यही अनरुप काम गरिहेको छ । जनताले यो सरकारमाथि बढी अपेक्षा राखेकाले सोचे अनुसारको काम गरिरहेको छ, उहाँले भन्नुभयो,‘एकाथरि शक्ति चाहि दुई कम्युनिष्ट पार्टी एकता भएदेखि नै एकतालाई भत्काउन लागि रहेकै छन् । तर यो सरकारले छोटो अवधीमै महत्वपुर्ण कामहरु गर्न सफल भएको छ ।’

उहाँले कम्युनिष्ट सरकारलाई देखेर एकाथरीलाई निन्द्रा नलागेको बताउनुभयाे । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) चितवनले भरतपुरमा बडा दशैं,दीपावली,नेपाल सम्वत तथा छठ पर्वको अवसरमा आयोजना गरेको चियापान कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले वर्तमान कम्युनिष्ट सरकारलाई दुष्प्रचार गरेर कमजोर पार्न राष्ट्रिय तथा अन्तराष्ट्रिय शक्ति लागि परेको बताउनुभयाे ।

अध्यक्ष प्रचण्डले देशलाई समृद्ध बनाउन पर्ने आवश्यक मौलिक कानुन,सुशासनका महत्वपुर्ण विषयहरु जग बसालेकाले अबको केहि समयपछि देखिने गरि विकास हुने बताउनुभयो । सरकार आफ्नो उदेश्यमाथि दत्तचित्त भएर अघि बढी रहेको छ,उहाँले भन्नुभयो,‘ अब गफ भन्दा पनि एक्सनमा गएर काम देखाउने समय आएको छ ।

५ बर्षभित्र मुलुकको मुहार नै परिवर्तन भएको देख्न पाउनु हुनेछ ।’ नेकपाको तल्लो तहको पार्टी एकिकरणको विषयमा बोल्दै अध्यक्ष प्रचण्डले दुई कम्युनिष्ट पार्टीको तल्लो तहसम्म एकता प्रकृयालाई सफलता पुर्वक सम्पन्न गर्न गम्भिर गृहकार्य भईरहेको उल्लेख गर्नुभयो ।

कात्तिक ९, २०८१ शुक्रबार १६:१४:५८