अध्यक्ष प्रचण्डबाट प्रधानमन्त्रीको स्वास्थ्यस्थिति बारे जानकारी

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष प्रचण्डले प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीको स्वास्थ्यस्थिति बारे जानकारी लिनुभएको छ । आज बिहान महाराजगञ्जस्थित शिक्षण अस्पतालको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर पुगी अध्यक्ष प्रचण्डले प्रधानमन्त्री ओलीको स्वास्थ्यस्थितिको बारेमा जानकारी लिनुभएको हो ।

सो क्रममा अध्यक्ष प्रचण्डले उपचारमा संलग्न चिकित्सकहरुसँग प्रधानमन्त्रीको स्वास्थ्यमा भइरहेको सुधारका बारेमा जिज्ञासा राख्नुभएको थियो । उपचारमा संलग्न चिकित्सकहरुले उहाँको स्वास्थ्यस्थिति सामान्य भएको र क्रमिक सुधार हुँदै गएको बताउनुभएको थियो ।

त्यसैगरी अध्यक्षले आजै बिहान अन्नपूर्ण न्यूरोलोजिकल इन्स्टीच्युट एण्ड एलाइड साइन्सेसमामा उपचार गराइरहनुभएका वाम बुद्धिजीवि तथा नागरिक समाजका अगुवा पद्मरत्न तुलाधरलाई भेट गरी उहाँको स्वास्थ्यस्थिति बारे जानकारी लिनुभयो । अस्पतालको आइसियू कक्षमा उपचाररत मस्तिष्क घातबाट पीडित तुलाधरको उपचारमा संलग्न चिकित्सकहरुसँग उहाँले स्वास्थ्यस्थिति बारे जानकारी लिनुभएको थियो ।

कात्तिक ९, २०८१ शुक्रबार १८:१४:२९