कार्यदलमा भएका मोर्चासँगका सहमतिबाट अघि बढेर छलफल टुङ्ग्याइने (भिडियोसहित)

काठमाडौं, १८ माघ । प्रमुख तीन राजनीतिक दलहरु र मोर्चा बीच आज अपरान्ह भएको छलफलले कार्यदलमा भएका मोर्चासँगका सहमतिबाट अघि बढेर छलफल टुङ्ग्याउने निस्कर्ष निकालेको छ । बैठक पश्चात सञ्चारकर्मीहरुसँग कुरा गर्दै अध्यक्ष प्रचण्डले आइतवार उच्चस्तरीय राजनीतिक समन्वय समितिमा छलफल गरी पास भएको र आजको बैठक बसेको जानकारी दिनुभयो ।

आज बिहान अध्यक्ष प्रचण्डले प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस र प्रधानमन्त्री केपी शर्मा ओलीसँग सल्लाह गरी मोर्चासँगको बैठकको पहल लिनुभएको थियो । आजको छलफल निकै सौहार्दपूर्ण वातावरणमा छलफल भएको थियो । आजको बैठकले छिटै अर्को बैठक बस्ने निर्णय पनि गरेको छ । अर्को बैठक छिट्टै हुने अध्यक्ष प्रचण्डले बताउनु भयो ।

कात्तिक ६, २०८१ मंगलबार २३:४६:५०