कोशी प्रदेशमा गठबन्धनकै सरकार हुन्छः प्रधानमन्त्री प्रचण्ड

चितवन । प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कोशी प्रदेशमा गठबन्धनकै नेतृत्वको सरकार हुने बताउनुभएको छ । भरतपुर बिमानथस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै काङ्ग्रेस सभापति शेरबहादुर देउवा र नेता शेखर कोइरालासँग कुरा गरेको बताउनुहुँदै गठबन्धन टुट्न नदिने बताउनुभयो । कोशीमा कार्कीलाई विश्वासको मत दिएर गठबन्धन जोगाउने उहाँको भनाई थियो ।
कोशीमा गठबन्धन कै सरकार हुने र सर्वपक्षीय सरकारको सम्भावना नभएको उहाँको भनाई थियो । उहाँले भन्नुभयो, ‘कोशीको समस्या जसरी सोचिएको थियो त्यो समाधान तिर गएको छ । बिहानको तीन नेताहरुबीचको सहमतिले गठबन्धनलाई अझ बलियो बनाउन मद्दत मिलेको छ ।’ सो अवसरमा उहाँले नेपालको अर्थतन्त्रलाई लयमा ल्याउन मेजर अपरेसनको आवश्यकता रहेको छ । उहाँले चितवन आफू आराम गर्न आएको बताउनुहुँदै भरतपुर विमानस्थलको काम अगाडि बढाउन मन्त्रीसँग छलफल भएको बताउनुभयो ।

कात्तिक ७, २०८१ बुधबार १०:९:५५