काठमाडौं, ३० पुस । प्रमुख तीन दल एकीकृत ने.क.पा. (माओवादी), ने.क.पा. (एमाले) र नेपाली काँग्रेसको बैठक बालुवाटारमा भर्खरै सम्पन्न भएको छ । बालुवाटारमा बसेको बैठकमा दलहरुमा मधेसी मोर्चासहतिको कार्यदलको रिपोर्टमाथि छलफल भएको थियो । आइतवारसम्म उक्त रिपोर्टमाथि तीन दलले साझा धारणा बनाउने भएका छन् । बैठकमा अध्यक्ष क. प्रचण्डले छिटोभन्दा छिटो निस्कर्षमा पुगी समस्याको समाधान गर्न जोड दिनुभयो ।
समाचारः नारायणप्रसाद ढुंगाना