तुल्सीपुर उद्योग वाणिज्य संघद्वारा अध्यक्ष प्रचण्डलाई स्वागत

दाङ, २५ पुस । प्रदेश नं. ५ को बैठक तथा प्रशिक्षणका क्रममा दाङको तुल्सीपुर पुग्नुभएका अध्यक्ष क. प्रचण्डलाई तुल्सीपुर विमानस्थलमा उद्योग वाणिज्य संघ, तुल्सीपुरले भब्य स्वागत गरेको छ । उक्त स्वागत कार्यक्रममा अध्यक्ष प्रचण्डले तुल्सीपुरको बिमानस्थलको स्तरोन्नतिको लागि पार्टीको तर्फबाट सरकारमा ध्यानाकर्षण गराउने र सक्दो सहयोग गर्ने बताउनु भयो ।

dang_state_meeting-072-09-25 (1) dang_state_meeting-072-09-25 (2)

अध्यक्षले भन्नुभयो, ‘बिमानस्थलको इन्धन डिपोको निम्ति आवश्यक पर्ने जग्गा उपलब्ध गराउने कार्यमा पार्टीको सहयोग हुन्छ ।’ व्यवस्थापिका संसदमा संशोधन प्रस्ताव पेस भएकोले सो मार्फत मधेशका समस्या हल हुनेमा आफू विश्वस्त रहेको अध्यक्षको भनाई थियो । कार्यक्रममा उद्योग वाणिज्य संघ तुल्सीपुरका अध्यक्ष विमल रिजालले ५ बुँदे ज्ञापनपत्र पेस गर्नुभएको थियो ।

माघ १९, २०८१ शनिबार ९:३२:२२