थप अधिकारका लागि संघर्षरत रहन महिला दिदीबहिनीहरुमा अध्यक्ष प्रचण्डको अपील

नेपाली सामाजिक र राजनैतिक रुपान्तरणका लागि नेपाली महिलाहरुले युगौंदेखि त्याग, तपस्या र बलिदानका बेग्लै कीर्तिमान कायम गरेका छन् । महिला दिदीबहिनीहरुको बलिदानीपूर्ण संघर्षका कारण पछिल्लो चरणमा महान् जनयुद्धमा बनेका साहास र बलिदानी कीर्तिमान नेपालमा मात्र नभई विश्वभर चर्चा र प्रशंसाका विषय बनेका छन् ।

शुभकामना

११२ औं अन्तर्राष्ट्रिय महिला दिवस (८ मार्च) का अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण मुक्तिकामी महिला दिदीबहिनीहरुमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य र दीर्घायू सहित उत्तरोत्तर प्रगतिको कामना गर्दछु । आजको दिन विश्वभरका महिला दिदीबहिनीहरुको मात्र नभई सिंगो मानव समुदायकै लागि एउटा ऐतिहासिक दिन हो । महिलाहरुको हक र अधिकारका साथै आर्थिक, सामाजिक, राजनीतिक तथा साँस्कृतिक विकासका लागि आवाज बुलन्द गरिएको संघर्षको दिन हो ।

मानव समुदायका सबै सामाजिक र राजनैतिक परिवर्तन र संघर्षमा महिला समुदायको सक्रिय सहभागिता र भूमिकाले नै विश्व सभ्यता यहाँसम्म आइपुगेको हो । नेपाली सामाजिक र राजनैतिक रुपान्तरणका लागि नेपाली महिलाहरुले युगौंदेखि त्याग, तपस्या र बलिदानका बेग्लै कीर्तिमान कायम गरेका छन् । महिला दिदीबहिनीहरुको बलिदानीपूर्ण संघर्षका कारण पछिल्लो चरणमा महान् जनयुद्धमा बनेका साहास र बलिदानी कीर्तिमान नेपालमा मात्र नभई विश्वभर चर्चा र प्रशंसाका विषय बनेका छन् ।

वर्तमान संविधानले महिलाहरुलाई धेरै हदसम्म अधिकार सम्पन्न बनाएको छ । २१ औं शताब्दीमा पनि महिलामाथि हुने सबैप्रकारका हिंसा र उत्पीडनलाई निर्मूल गरी समानता र न्यायका लागि संवैधानिक, कानूनी र व्यवहारिकरुपमा प्राप्त अधिकारको पूर्ण कार्यान्वयन तथा थप अधिकारका लागि संघर्षरत रहन सम्पूर्ण महिला दिदीबहिनीहरुमा हार्दिक अपील गर्दछु ।

२४ फागुन, २०७८ (८ मार्च, २०२२)

……………………………
पुष्पकमल दाहाल ‘प्रचण्ड’
अध्यक्ष

8-March-International-Mahila-Dibash-Suvakkamana-From-CMPrachanda-078-11-24

कात्तिक ६, २०८१ बुधबार १:४:१५