माओवादी केन्द्र एक्लै चुनावी प्रतिस्पर्धामा उत्रन सक्षम छः अध्यक्ष प्रचण्ड

काठमाडौं । पूर्व प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले माओवादी एक्लै चुनावी प्रतिस्पर्धामा उत्रन सक्षम रहेको बताउनुभएको छ। वाग्मती प्रदेशका नेता कार्यकर्तालाई आफ्नै खुट्टामा उभिने गरी चुनावको तयारी गर्न निर्देशन दिँदै अध्यक्ष प्रचण्डले पार्टी भित्र पोहोरदेखि जागरण सुरु भएको र चुनावसम्म माओवादी पुरै जाग्नुपर्ने बताउनुभयो ।

माओवादी केन्द्र वागमती प्रदेश समितिस्तरीय राजनैतिक प्रशिक्षण कार्यक्रममा बुधबार ललितपुरको गोदावरीमा आयोजित कार्यक्रममा बोल्दै उहाँले अब केही समय गठबन्धनको कुरा साइडमा राखेर आफ्नै खुट्टामा उभिएर लड्ने तयारीमा जुट्नुपर्ने उहाँको जोड थियो। अध्यक्षले भन्नुभयो, ‘चुनाव मात्रै नभई परिआए युद्ध लड्ने गरी तयारीमा जुट्नुपर्छ ।’ ‘पोहोरदेखि जाग्न थालेका छौं, अब पूरै जाग्नु पर्नेछ । चुनाव मात्र हैन, परिआए युद्ध नै लड्ने तयारीमा जुट्नु पर्छ,’ उहाँले भन्नुभयाे ।

कात्तिक ६, २०८१ बुधबार २:४८:३९