धार्मिक सहिष्णुता देशकाे भौगोलिक अखण्डता र राष्ट्रिय एकता अक्षुण्ण राख्ने आधारः अध्यक्ष प्रचण्ड

नेपालीहरुको मौलिक पहिचान भनेको बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक एवम् भौगोलिक विविधता हो । नागरिक बीचको धार्मिक सहिष्णुता, सामाजिक सद्भाव र ऐक्यवद्धताले नै देशको सार्वभौमसत्ता, भौगोलिक अखण्डता र राष्ट्रिय एकता अक्षुण्ण राख्ने आधार बन्न सक्दछ ।

शुभकामना

छठ पर्वको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरु हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु ।

नेपालीहरुको मौलिक पहिचान भनेको बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक एवम् भौगोलिक विविधता हो । नागरिक बीचको धार्मिक सहिष्णुता, सामाजिक सद्भाव र ऐक्यवद्धताले नै देशको सार्वभौमसत्ता, भौगोलिक अखण्डता र राष्ट्रिय एकता अक्षुण्ण राख्ने आधार बन्न सक्दछ ।

अझै पनि कोरोना भाइरस (कोभिड–१९) का कारण सहजरुपमा चाडपर्व मनाउने अवस्था छैन । स्वास्थ्य सुरक्षाका सबै प्रकारका मापदण्डहरुको पालना गरी चाडपर्व मनाउन सबैमा अपील गर्दै सु–स्वास्थ्य, दीर्घायु र उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु ।

२४ कार्तिक, २०७८
……………….
पुष्पकमल दाहाल ‘प्रचण्ड’
अध्यक्ष

कात्तिक ६, २०८१ बुधबार १:१३:८