पर्यटन क्षेत्रमा छिट्टै क्रान्ति ल्याउदैंछौं : प्रधानमन्त्री

माघ २१, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको पर्यटन क्षेत्रमा क्रान्ति नै ल्याउने गरी वर्तमान सरकारले काम अघि बढाइरहेको वताउनुभएको छ ।
शुक्रवार दिउसो काठमाडौंम नेपाल पर्यटन व्यावसायी संगठनको राष्ट्रिय एकता भेला उद्घाटन गर्दै प्रधानमन्त्रीले उक्त कुरा वताउनु भएको हो । उहाँले नेपालको पर्यटन उद्योगको विकासका लागि सरकारले गरिरहेको तयारीले आगामी केही बर्षभित्रै पर्यटन उद्योगले नेपाललाई विश्वकै एक सम्वृद्ध राष्ट्रका रुपमा स्थापित गर्ने बताउनु भयो ।
प्रधानमन्त्रीले नेपालको पूर्वदेखि पश्चिमसम्म रेलमार्ग, हुलाकी मार्ग, मध्यपहाडी लोकमार्गको निर्माण अघि बढिरहेको बताउँदै चीनसँगका केरुङ, हिल्सा, कोरला, किमाथांका लगायतका नाका खोल्ने तथा केरुङदेखि काठमाडौं रेलमार्गको अध्ययन गर्ने काम अघि बढिरहेको जानकारी दिनुभयो ।
प्रधानमन्त्रीले सडक, रेल र हवाई मार्गको विस्तार एवम् नेपालभित्र भौतिक पूर्वाधारको विकासले पर्यटकहरुको बृद्धि हुने बताउँदै अव नेपाललाई एक बलियो, एकतावद्ध र सम्वृद्ध राष्ट्र बन्नवाट कसैले रोक्न नसक्ने स्पष्ट पार्नुभयो । उहाँले देशलाई विखण्डन पार्ने, जाति र समुदायमा फूट ल्याउन खोज्ने एवम् मधेश, पहाड र हिमालमा द्वन्द गराउन चाहनेहरुको भण्डाफोर गर्नुपर्ने वताउँदै वर्तमान सरकार राष्ट्रिय एकता वलियो वनाएर सम्वृद्ध नेपाल निर्माणमा अघि बढेको वताउनु भयो । उहाँले नेपालमा राजनीतिक स्थायीत्व र सम्वृद्धि हासिल गर्न सक्यौ भने देश विश्वकै सम्वृद्ध राष्ट्र बन्ने वताउनु भयो ।
प्रधानमन्त्रीले रारा तालमा मन्त्रिपरिषदको बैठक बसेर राराको सुन्दरतालाई विश्वमै चिनाउने उद्घोष गर्दै पर्यटन क्षेत्रका समस्या समाधानका लागि सरकार प्रतिवद्ध रहेको वताउनु भयो ।

कात्तिक ११, २०८१ आइतबार १२:७:३८