पार्टी एकता द्वन्द्वात्मक भौतिकवादी आवश्यकताका आधारमा भएको होः अध्यक्ष प्रचण्ड

सुर्खेत । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कम्युनिष्ट एकता आजको प्रयासले मात्र नभई विभिन्न ऐतिहासिक कालखण्डदेखिको बहस, छलफल, द्वन्द्ववादी र भौतिकवादी आवश्यकताका आधारमा भएको बताउनुभएको छ ।

कर्णाली प्रदेशको राजधानी सुर्खेतमा मंगलबार भएको प्रदेशस्तरीय ‘बृहत्तर अगुवा कार्यकर्ता भेला’ मा उहाँले विश्वमा कम्युनिष्ट शक्तिहरु कमजोर भइरहेको बेला नेपालमा बलियो भएर आएको बताउनुभयो । ‘दुबै पार्टीको एकताबाट एक असाधारण र ऐतिहासिक काम भएको छ । यसले नेपालको राजनीतिक मानचित्र बदलेको छ,’ उहाँले भन्नुभयो ।

पार्टी एकता पश्चात नेपालको राजनीतिक मानचित्र बदलिएको उहाँको भनाई थियो । नेपालको कम्युनिष्टहरुलाई कमजोर पार्न अर्बौको लगानी भइरहेको खुलासा गर्दै अध्यक्ष प्रचण्डले भन्नुभयो, ‘समय पाए यसबारे फेहरिस्त भन्न सकिन्छ ।

पूर्वप्रधानमन्त्री उहाँले विश्वमै कम्युनिष्ट शासन भएको देश नेपाल बताउनुहुँदै कूटनीति पक्षलाई जोगाउँदै राष्ट्रिय हितमा एमसीसी पास हुने स्पष्ट पार्नुभयो । कार्यदलले ल्याएको प्रतिवेदन सचिवालयको छलफलपछि मुलुकको सार्वभौमिकता, राष्ट्रिय स्वाधीनता र स्वतन्त्रतामाथि असर नपर्ने गरी पास हुने उहाँको भनाई थियो ।

अध्यक्षले लिपुलेक, लिम्पियाधुरा, कालापानीका बारेमा भारतीय सरकारलाई लिखित जानकारी गराइसकिएको र अब सरकारले लिपुलेक, लिम्पिलियाधुरा सम्मिलित नेपालको नयाँ नक्सा जारी गर्ने जानकारी दिनुभयो ।

त्यसगरी सुर्खेतमा बुधबार विहान आयोजित पत्रकार घेटघाट कार्यक्रममा अध्यक्ष प्रचण्डले कर्णालीका जनता, पार्टीका नेता कार्यकर्ताको भावनालाई सम्बोधन गर्ने गरि अबको बजेट बनाउदा संघीय सरकारले ध्यान दिने जानकारी गराए ।

‘कर्णालीको हिल्सा सुर्खेत–सडक सम्पन्न गर्ने, भेरी कोरिडोर बनाउने, विमानस्थल सुदृढ गर्ने, ठुला हाईड्रो प्रोजेक्टबारे पनि कुराहरु आए, कार्यक्रममा अध्यक्ष प्रचण्डले भने, ‘हामी यस विषयमा छलफल गर्छौै । संघीय सरकारले अब बजेट बनाउदा विषेश ध्यान दिने कुरा गरेका छौं । कर्णाली प्रदेशका आम जनसमुदायलाई हामी यो विश्वास दिलाउन चाहान्छौं ।’

संघीय सरकारले छाता ऐन बनाउन ढिलो गर्दा प्रदेशहरुलाई आफ्नो विकासका लागि ऐन बनाउन ढिलो भईरहेको स्वीकार गर्दै अध्यक्ष प्रचण्डले संघीय सरकारले अव त्यसमा ध्यान केन्द्रीत गर्ने विश्वास दिलाउनुभयो । अध्यक्ष प्रचण्डले कर्णाली प्रदेशमा रहेका पार्टी केन्द्रीय सदस्यहरु, प्रदेशका मन्त्रीहरु र प्रदेश सांसदहरुसँग आज बिहान छुट्टाछुट्टै भेट गर्नुभएको थियो ।

अध्यक्ष प्रचण्डले सुर्खेतमा बुधबार विहान आयोजित पत्रकार भेटघाट अब बजेट बनाउँदा संघीय सरकारले कर्णालीका जनता, पार्टीका नेता कार्यकर्ताको भावनालाई सम्बोधन गर्ने गरि ध्यान दिने जानकारी गराउनुभयो ।

‘कर्णालीको हिल्सा सुर्खेत–सडक सम्पन्न गर्ने, भेरी कोरिडोर बनाउने, विमानस्थल सुदृढ गर्ने, ठुला हाईड्रो प्रोजेक्टबारे पनि कुराहरु आए,’ कार्यक्रममा अध्यक्ष प्रचण्डले भन्नुभयो, ‘हामी यस विषयमा छलफल गर्छैं । संघीय सरकारले अब बजेट बनाउदा विषेश ध्यान दिने कुरा गरेका छौं । कर्णाली प्रदेशका आम जनसमुदायलाई हामी यो विश्वास दिलाउन चाहान्छौं ।’

कात्तिक ८, २०८१ शुक्रबार २:१:२५