प्रलोभन, धम्की र घेराबन्दी पार गरेर पार्टी एकता गरेका हाैंः अध्यक्ष प्रचण्ड

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल  ‘प्रचण्ड’ले पार्टी एकता प्रलोभन, धम्की र घेराबन्दी पार गरेर पार्टी एकता गरेकाे बताउनुभएकाे छ । मंगलबार ललितपुर जिल्ला कमिटीको पूर्णबैठकलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले यस्ताे बताउनुभएकाे हाे ।

उहाँले पार्टी एकताको सबै कामले पूर्णता पाउने वित्तिकै पार्टी केन्द्रीय कार्य समितिको बैठक बोलाएर जनता र पार्टी संगठनहरुलाई सुदृढ बनाउने गरी राष्ट्रिय अभियान सञ्चालन गर्ने जानकारी पनि दिनुभयाे ।

अध्यक्ष प्रचण्डले असार मसान्तसम्म दुई पार्टीबीचको एकताको सबै काम सम्पन्न गर्ने सार्वजनिक  घोषणा अनुसार नै पार्टीका अर्का अध्यक्ष केपी शर्मा ओली र आफूबीच छलफल जारी रहेको र सबै काम आजै टुंगो लगाउने तयारी गरिएको बताउनुभएकाे हाे ।

अध्यक्षले असार मसान्तसम्म पार्टी एकताका सबै काम सक्ने घोषणा पुरा गर्न पार्टीका अध्यक्ष केपी शर्मा ओली र आफूबीच छलफल भइरहेको बताउनुभयाे ।

उहाँले दुई पार्टीबीचको एकतालाई असफल बनाउन अझै पनि प्रतिक्रियावादीहरुले षडयन्त्र गरिरहेको उल्लेख गर्दै सचेत रहन पनि पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिनुभयाे । अध्यक्षले जनताले विश्वास गरेर दुई तिहाई प्राप्त गरेको पार्टी र सरकार दुवैले जनताको चाहाना अनुसार काम गर्नुपर्ने चुनौति रहेको पनि दोहो-याउनुभयाे ।

उहाँले भन्नुभयाे, ‘हामी कम्युनिष्टहरूलार्इ हराउने भनेकाे हामी भित्रकाे अहंकार हाे । प्रतिक्रियावादीले हामीलार्इ हराउन सक्दैन ।’ उहाँले साेभियत संघ र युराेपका कम्युनिष्ट पार्टी पतन भएकाे अान्तरिक कारण नै प्रमुख रहेकाे बताउनुभयाे ।

कात्तिक ९, २०८१ शुक्रबार ८:१४:०