काठमाडौं, २ माघ । प्रमुख तीन दल एकीकृत ने.क.पा. (माओवादी), नेकपा एमाले र नेपाली काँग्रेसको बैठक आज बिहान बालुवाटारमा बस्यो । मधेसका समस्या हल गर्न बनेको कार्यदलमा छलफल सकारात्मक भएको तीन दलको बैठकले निस्कर्ष निकालेको छ ।
बैठकमा कार्यदलमा भएका छलफलहरु लिखित रुपमै गरिने निर्णय भएको छ । कार्यदलको बैठक आज पुनः बस्नेछ । कार्यदलको बैठक पश्चात मधेसी मोर्चाका नेताहरुसँग छलफल गरी भोलीसम्ममा सहमतिको टुंगोमा पुगिने भएको छ ।