मन्त्रीपरिषदको नियमित बैठक सम्पन्न

जेठ १४, काठमाडौं । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले नेता विपी कोइरालालाई मरणोप्रान्त नेपाल रत्न विभुषणले सम्मान गर्ने निर्णय गरेको हो ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा सिंहदरबारमा बसेको बैठकले महेन्द्र नारायण नीधिलाई राष्ट्रिय गौरव मरणोपरान्त पदकले सम्मान गर्न निर्णय गरेको सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चार मन्त्री सुरेन्द्र कुमार कार्कीले जानकारी दिनुभयो ।
यसअघि सरकारले नेकपा एमालेका स्वर्गीय नेता तथा पूर्व महासचिव मदन भण्डारीलाई मरणोप्रान्त नेपाल रत्न विभुषणले सम्मान गरेको थियो ।
बैठकले गणतन्त्र दिवसको अवसरमा ७ सय ५९ जना कैदी बन्दी रिहा गर्ने निर्णय गरेको छ । त्यसैगरी सरकारले गणतन्त्र दिवसको अवसरमा केही कैदी बन्दीको बाँकी कैद अवधि मिनाहा गर्ने निर्णय पनि गरेको छ ।

कात्तिक १०, २०८१ शनिबार १८:१४:५२