‘यो सामान्य राजनीतिक परिवर्तन मात्रै नभएर बर्षौदेखिको राजनीतिक प्रणाली मै आएको परिवर्तन हो’

म्याग्दी । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष प्रचण्डले वर्तमान परिवर्तन सामान्य राजनीतिक परिवर्तन मात्रै नभएर बर्षौदेखिको राजनीतिक प्रणाली मै आएको परिवर्तन भएकाे बताउनुभएकाे छ । ‘‘अहिले कर्मचारी व्यवस्थापन नटुंगीएकाले केही जटिलता देखिएका छन, तर कुनैपनि हालतमा सिंहदरबारको अधिकार गाउँघरमै पुग्छ’’–अध्यक्ष प्रचण्डले भन्नुभयाे ।

मंगला गाउँपालिका–२ सिमलचौरकी सहिद परिवारकी गुमा कुमारी खड्कालार्इ भेट गर्नुभएकाे छ । जनयुद्धमा होमिएर परिवारका दुई सदस्य गुमाएकी ५५ बर्षिया खड्कालाई आफ्नै गाउँमा तत्कालिन जनयुद्धका सर्वोच्च कमाण्डरहरुलाई मंगलवार भेट गर्नुभएकाे हाे ।

पत्नी सीता दाहालको नसा सम्बन्धी रोगको तातोपानी कुण्डमा स्नान गरि उपचार गर्न म्याग्दी अाउनुभएका अध्यक्ष प्रचण्डले सिमलचौरमै पुगेर सहिद परिवार खड्कालाई भेट गर्नुभएकाे हाे ।

नेपाल कम्युनिष्ट पार्टीका संस्थापक पार्टी सदस्य लिएका गुमाका पती नन्द बहादुर खड्कालाई २०५९ भदौ २ गते म्याग्दीकै कुहुँ र उनकी छोरी सिर्जनालाई २०५८ चैत १३ गते शिखमा गिरप्तार गरि तत्कालिन राज्य पक्षबाट हत्या भएको थियो ।

‘‘जनयुद्धमा होमीएर हामीले परिवारका सदस्य गुमायौँ, तर मुलुक संघीय गणतन्त्रमा रुपान्तरण भयो, परिवर्तनको लागि नेतृत्व गर्ने नेताहरुलाई पहिलो पटक भेट्न पाउँदा खुसी लाग्यो, अब जनताको लागी विकास दिनसक्नुपर्छ नेताहरुले’’– खड्काले भनिन् । स्थानीय अगुवा कार्यकर्ता भेटघाटको क्रममा सहिद परिवारकी सदस्य खड्कालाई बीचमा राखेका थिए ।

‘‘हामीमाझ सहिद परिवारका सदस्यहरु पनि हुनुहुन्छ, परिवर्तनको निम्ती उहाँहरुको योगदान अतुलनिय छ, हामी परिवर्तनलाई संस्थागत गरेरै अगाडी बढ्छौँ’’–नेकपा अध्यक्ष प्रचण्डले भन्नुभयाे । पूर्व प्रधानमन्त्री समेत रहनुभएका नेता प्रचण्डले लामो संघर्ष र ठुलो बलिदानीले मात्रै स्थानीय, प्रदेश र संघिय गरि तीन तहको सरकारको परिकल्पनाले सार्थकता पाएको बताउनुभयाे ।

कात्तिक ९, २०८१ शुक्रबार १६:२१:२०