राष्ट्रिय अखण्डता र सार्वभौमसत्तामा कहिँ कतै सम्झौता र लचिलो हुन्नः अध्यक्ष प्रचण्ड

पाेखरा । नेपाल कम्युिनष्ट पार्टीका अध्यक्ष प्रचण्डले राष्ट्रिय अखण्डता, सार्वभौमसत्तामा कहि कतै सम्झौता र लचिलो हुने भन्ने सवालै नहुने बताउनुभएकाे छ । पोखरामा पत्रकारसँग कुराकानी गर्दै अध्यक्ष प्रचण्डले नेपालको कालापानीलगायतको नेपाली भूभागलाई नक्साभित्र पार्नै भारतीय कदम मान्य पनि नहुँने बताउनुभयाे ।

उहाँले भन्नुभयाे, ‘ त्यो बेला मैले मोदीजीसँग यो गलत भएको छ, यसबारे पुनर्विचार गरिनुपर्छ भनेर भनेको थिएf । अहिले त कालापानी लगायत सबैले नक्साभित्र पारिसकेपछि यो नेपाललाई सैह्य हुन सक्दैन । मान्य हुन सक्दैन ।’ उहाँले भौगोलिक अखण्डताका पक्षमा नेपाल सिंगो राष्ट्र एक ठाउँमा उभिने बताउनुभयाे ।

पत्रकारसंगको भेटघाटका क्रममा कास्की २ बाट मनोनयन दर्ता गराएकी रविन्द्र पत्नि विद्या भट्टराईलाई बधाई तथा जितको अग्रिम शुभकामना व्यक्त गर्नुभएकाे थियाे । ‘जसरी यो निर्वाचमा बडो गम्भीरताका साथ र दृढताको साथ पनि विजयी अभियानमा सामेल भइसक्नुभएको छ । तपाईहरुको यो मिसन भव्य रुपमा सुरु भइसकेको छ ।’

पत्रकार सम्मेलनमा अध्यक्ष प्रचण्डले भन्नुभयाे–‘यो मिसन निर्वाचन सकेर परिणाम ननिस्कंदासम्म तपाँईहरु एकढिक्का भएर रातदिन खटेर नयाँ मोडेल हामीले कास्की २ बाट दिनुछ । जसले देशभरि सन्देश जानेछ, नेकपा अझपनि लोकप्रिय भएर जानेछ ।’

अध्यक्ष प्रचण्डले उपनिर्वाचनको बारेमा पार्टी केन्द्रमा गम्भीरतापूर्वक छलफल भएको भन्दै सचिवालयमा बसेर कास्की २ को सदस्यको सन्दर्भमा गम्भीरतापूर्वक विचार गरेर निर्णय भएको बताए । मनोनयन सफल रुपमा भएको भन्दै अध्यक्ष प्रचण्डले भन्नुभयाे–‘मर्निङ शोज् द डे भनेजस्तै, यो मनोनयनले नै राम्रोसंग संकेत गरेको छ भन्ने म ठान्छु ।’

प्रदेश प्रमुखको विषय आचारसंसिहता र निर्वाचनसंग नजोडिएको भन्दै, ‘झण्डै दुईतिहाई मतसहित अगाडि आइसकेपछि अविलम्ब प्रदेश प्रमुख फेर्नुपथ्र्यो, हाम्रो पार्टी अलि उदार भएका कारणले दुई वर्ष पर्खियो र अहिले गरियो’ उहाँले भन्नुभयाे ।


कात्तिक ८, २०८१ शुक्रबार ४:१५:२०