विविधतायुक्त सामुदायिक विशेषताले नै देशमा सुदृढ राष्ट्रिय एकता कायम हुन्छ: अध्यक्ष प्रचण्ड

राष्ट्रिय एकताको बलमा आर्थिक समृद्धि हासिल गर्दै संविधानद्वारा निर्देशित समाजवादउन्मूख राज्यको दिशामा अगाडि बढ्नु हाम्रो मुख्य प्राथमिकता हो । यसका लागि सम्पूर्ण वामपन्थी, प्रगतिशील, देशभक्त र लोकतान्त्रिक शक्तिहरुको व्यापक ध्रुवीकरणका बलमा समाजवादको आधार तयार पार्न सकिन्छ भन्ने तथ्यमा हाम्रो पार्टी स्पष्ट रहँदै आएको छ ।

शुभकामना

इस्लाम धर्मावलम्बीहरुको पर्व इद (इद उल फित्र) का अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण इस्लाम धर्मावलम्बी नेपाली दिदीबहिनी तथा दाजुभाइहरुमा सुख, शान्ति, सु–स्वास्थ्य र प्रगतिको उत्तरोत्तर शुभकामना व्यक्त गर्दछु ।

नेपाल सबै जाति, भाषा, धर्म र समुदायको साझा मुलुक हो । विविधतायुक्त सामुदायिक विशेषताले नै देशमा सुदृढ राष्ट्रिय एकता कायम हुन्छ । राष्ट्रिय एकताको बलमा आर्थिक समृद्धि हासिल गर्दै संविधानद्वारा निर्देशित समाजवादउन्मूख राज्यको दिशामा अगाडि बढ्नु हाम्रो मुख्य प्राथमिकता हो । यसका लागि सम्पूर्ण वामपन्थी, प्रगतिशील, देशभक्त र लोकतान्त्रिक शक्तिहरुको व्यापक ध्रुवीकरणका बलमा समाजवादको आधार तयार पार्न सकिन्छ भन्ने तथ्यमा हाम्रो पार्टी स्पष्ट रहँदै आएको छ ।

आसन्न स्थानीय तहको निर्वाचनबाट प्रतिगामी प्रतिक्रियावादी शक्तिलाई परास्त गर्दै वाम–लोकतान्त्रिक शक्तिहरु सामु संविधान र समग्र प्रणाली कै रक्षा गर्नुपर्ने दायित्व रहेको छ । यस पर्वका अवसरमा सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरुमा आगामी निर्वाचनमा प्रतिगमनकारी शक्तिहरुलाई पराजित गरी अग्रगामी परिवर्तनकारी शक्तिलाई विजयी गराउन अपील गर्दै इस्लाम समुदायमा पुनः एकपटक हार्दिक शुभकामना व्यक्त गर्दछु ।

२० बैशाख, २०७९
…………………………..
पुष्पकमल दाहाल ‘प्रचण्ड’
अध्यक्ष

ID-Dul_Fitra-Suvakamana-079-01-20

कात्तिक ६, २०८१ मंगलबार २३:३०:३९