समाजवादी लक्ष्य हासिल गर्न एकतावद्ध पहलकदमीका लागि अध्यक्ष प्रचण्डको आव्हान

समाजका विभिन्न समुदायको बलिदानीपूर्ण संघर्षले हासिल गरेका उपलब्धीहरुमाथि पछिल्लो चरणमा देशीविदेशी प्रतिक्रियावादीहरुबाट हमला गर्ने काम भए । समुदायले हासिल गरेका हक अधिकारहरुको कटौती हुन थाल्यो । तर, त्यस्ता प्रतिगामी तत्वहरु जनताको तागत अगाडि परास्त भए । त्यसकारण आजको दिन समुदायको कटौति भएको अधिकारको पुनर्बहालीको अवसरका रुपमा मनाउन आग्रह गर्दछु । जनताले गरेको विकास र समृद्धिको आकांक्षा अनुरुप समाजवादी लक्ष्य हासिल गर्न सबै नेपाली जनसमुदायमा एकतावद्ध पहलकदमीका लागि आव्हान पनि गर्दछु ।

शुभकामना

मुस्लिम धर्मावलम्बीको ठूलो चाड बकर इद (इदुल जोहा) को अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका मुस्लिम दिदीबहिनी तथा दाजुभाइहरुमा हार्दिक शुभकामना व्यक्त गर्न चाहन्छु । यस पर्वले धार्मिक सहिष्णुता, सामाजिक सद्भाव र आपसी मित्रता जगाई राष्ट्र निर्माणमा एकजुट हुन प्रेरणा मिल्ने विश्वास लिएको छु ।

वर्षौंदेखि नेपाली समाजले आफ्नो छुट्टै पहिचानका रुपमा अभ्यास गर्दै आएको सामाजिक व्यवस्था बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक हो । नेपालीहरुको यही विशेषताका कारण नेपाल एक अविभाज्य र सार्वभौम राष्ट्र बन्न सफल भएको हो । नेपाली समाजको यही विशेषता र एकताको बलमा नेपालमा ठूलाठूला राजनैतिक र सामाजिक परिवर्तनहरु भए ।

समाजका विभिन्न समुदायको बलिदानीपूर्ण संघर्षले हासिल गरेका उपलब्धीहरुमाथि पछिल्लो चरणमा देशीविदेशी प्रतिक्रियावादीहरुबाट हमला गर्ने काम भए । समुदायले हासिल गरेका हक अधिकारहरुको कटौती हुन थाल्यो । तर, त्यस्ता प्रतिगामी तत्वहरु जनताको तागत अगाडि परास्त भए । त्यसकारण आजको दिन समुदायको कटौति भएको अधिकारको पुनर्बहालीको अवसरका रुपमा मनाउन आग्रह गर्दछु । जनताले गरेको विकास र समृद्धिको आकांक्षा अनुरुप समाजवादी लक्ष्य हासिल गर्न सबै नेपाली जनसमुदायमा एकतावद्ध पहलकदमीका लागि आव्हान पनि गर्दछु ।

अन्त्यमा, विश्वव्यापी रुपमा फैलिएको कोभिड–१९ को महामारीमा स्वास्थ्य सुरक्षाका सबै मापदण्डहरुको पालना गर्दै सुरक्षित रही बकर इद मनाउन आग्रह सहित सु–स्वास्थ्य एवं दीर्घायूको उत्तरोत्तर कामना गर्दछु ।

६ साउन, २०७८
……………………………
पुष्पकमल दाहाल ‘प्रचण्ड’
अध्यक्ष

Bakar-ED_Suvakamana_2078-04-06

कात्तिक ६, २०८१ बुधबार १:७:५५