सम्पुर्ण क्षेत्रलार्इ पद्दतिमा लैजान सरकार अघि बढेको छः प्रचण्ड

चितवन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एव पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्वास्थ्य क्षेत्रमा सकारात्मक विमर्शकोे आवश्यकता रहेको बताउनुभयो । चितवनको नारायणगढमा आइतबार आयोजित आठौं हेल्थ अवार्ड २०७५ तथा नेपाल लाइभको पहिलो वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले स्वास्थ्य क्षेत्रलाई सुदृढ गर्दै लैजानुपर्नेमा जोड दिनुभयो ।

देशमा सबै स्रोत साधन भएपनि सुदृण प्रणाली र यसका कमी भएकाले सम्पुर्ण क्षेत्रमा सिस्टममा लैजान अहिलेको सरकार अघि बढेको उल्लेख गर्नुभयो । हामीसँग मिहिनेतको कमी छैन ,उहाँले भन्नुभयो ,“ हामीसँग सुशासनको कमी भएको छ । कहिन कहि अराजकताले हामीलाई पिरोली रहेको छ ।”

उहाँले नेपालका जडीबुटी प्रयोग गरेर मित्रराष्ट्रले औषधि बनाउने गरेको भन्दै उहाँले यहाँ पाइने जडीबुटी प्रयोग गरेर स्वास्थ्य जीवनका निम्ति आवश्यक औषधि बनाउन सकिने जानकारी दिनुभयो । नेपालको भौगोलिक वातावरण स्वास्थ्य पर्यटनका लागि उपयुक्त रहेको भन्दै यसको सदुपयोग गर्दै विकासका कामलाई जोड्न सकिने बताउनुभयो ।

मुलुक नयाँ ठाउँमा प्रवेश गर्न लागेको, देश यतिबेला समाजको विकास र राजनीतिक विकासको नयाँ मोडमा आइपुगेको बताउँदै उहाँले यो मोड ऐतिहासिक चुनौती र अवसरको मोड रहेको बताउनुभयो । अध्यक्ष दाहालले सरकारको कामको समीक्षा गर्दै सबैलाई मिलाएर अघि बढ्ने बताउनुभयो ।

कात्तिक ९, २०८१ शुक्रबार १८:११:३१