देशको समृद्धिका लागि पहिला विकासको मोडेलकाे निधो अावश्यकः अध्यक्ष प्रचण्ड

चितवन । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष एवं पुर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशको समृद्धिका लागि पहिला विकासको मोडेल निधो गर्नुपर्ने बताउनुभयो । जिल्ला समन्वय समिति चितवनको दोस्रो जिल्ला सभाको उद्घाटन गर्दै उहाँले कुनै क्षेत्रको विकास गर्दा कुन विषयलाई प्रथामिकतामा राख्ने ,कति समयभित्र सम्पन्न गर्ने भन्ने विषयको निधो गरेर मात्र काम थालनी गर्नुपर्ने धारणा राख्नुभयो ।

मैले पहिलादेखि नै भन्दै आईरहेको छु, उहाँले भन्नुभयो, “मुख्य आवश्यकता के छ त्यसलाई प्रथामिकतामा राखौं । योजनाहरु छनोट गरेर बजेट अनुसार कार्यलाई आरम्भ गरेर चितवनबाट नयाँ सन्देश फैल्याऔं ।”

प्रचण्डले अब भाषण गरेर भन्दा काम गरेर जनतालाई देखाउने समय आएको उल्लेख गर्नुभयो । अहिले विकास गर्न सबै कुराले साथ दिएको भन्दै उहाँले यो समयमा विकासका निम्ति एकजुट भएर अघि बढ्नुपर्ने बताउनुभयो । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको पनि देश विकासका विषयमा सहयोग छ, उहाँले भन्नुभयो ,“यस्तो मौकामा पनि विकास गर्न सकिएन भने सम्पुर्ण नेपालीको लागि दुःखको कुरा हुन्छ । सबैले यो कुरा बुझ्न जरुरी छ ।”

कात्तिक ९, २०८१ शुक्रबार १६:१४:३२