सुर्खेत, २९ पुस । अध्यक्ष प्रचण्डले अहिले सरकार बनाउने र गिराउने होइन संविधान निर्माण, नाकाबन्दी लगायतका समस्या हल गर्न राष्ट्रिय सहमति जुटाउन पहल गर्नुपर्ने बताउनु भएको छ । ६ नं. प्रदेशको प्रशिक्षण र बैठकको सिलसिलामा नेतृत्वको टीम सुर्खेत आएको सन्दर्भमा क्रान्तिकारी पत्रकार संघ, सुर्खेतले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले सो कुरा बताउनु भएको हो । उहाँले भन्नुभयो,‘सरकारको काम जति प्रभावकारी ढंगले हुनु पर्दथ्यो हुन सकेको छैन । सरकारलाई प्रभावकारी बनाउन बारेमा समिक्षा गर्दैछौं, प्रधानमन्त्रीजीसँग पनि छलफल हुन्छ ।’
उहाँले सदनमा २ वटा विधयक दर्ता भएकाले अब सबै समस्याहरु छिट्टै टुङ्गिने बताउनुभयो । उहाँले भन्नुभयो, ‘ नेपालमा हुने समस्याले नाकाबन्दी हुन नपर्ने कुरा हो । तैपति सरकारको तर्फबाट कुटनैतिक पहल भईरहेको छ । यो समस्या छिट्टै हल हुन्छ, नाका खुल्छ ।’