सहिष्णुता र सद्भावलाई प्रवर्द्धन गर्दै समतामूलक समाज निर्माण वर्तमान संविधानकाे संकल्प हाेः अध्यक्ष प्रचण्ड

नेपालको बहुजातीय, बहुभाषिक,बहुधार्मिक, बहुसांस्कृतिक तथा भौगोलिक विविधतायुक्त विशेषतालाई आत्मसात गरेको नेपालको संविधानले विविधता बीचको एकता, सामाजिक, सांस्कृतिक ऐक्यबद्धता, सहिष्णुता र सद्भावलाई संरक्षण एवं प्रवर्द्धन गर्दै समतामूलक समाजको निर्माण गर्ने संकल्प गरेको छ।

शुभकामना

नयाँ वर्ष २०७८ सुरुवात संगै आजबाट सुरु भएको मुस्लिम समुदायको पवित्र महिना रमजानको अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण मुस्लिम आमाबुबा, दिदीबहिनी तथा दाजुभाईहरुमा हार्दिक शुभकामना व्यक्त गर्दछु।

नेपालको बहुजातीय, बहुभाषिक,बहुधार्मिक, बहुसांस्कृतिक तथा भौगोलिक विविधतायुक्त विशेषतालाई आत्मसात गरेको नेपालको संविधानले विविधता बीचको एकता, सामाजिक, सांस्कृतिक ऐक्यबद्धता, सहिष्णुता र सद्भावलाई संरक्षण एवं प्रवर्द्धन गर्दै समतामूलक समाजको निर्माण गर्ने संकल्प गरेको छ।

धर्मनिरपेक्ष, समावेशी, संघीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्यको निर्माणमा नेपाली मुस्लिम समुदायले निरन्तर देखाएको सकारात्मक भूमिका र योगदानप्रति सम्मान व्यक्त गर्दै रमजान महिनाको अवसरमा सम्पूर्ण नेपाली जनसमुदायमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य र उत्तरोत्तर प्रगतिको कामना व्यक्त गर्दछु ।

०१ बैशाख, २०७८
……………………………
पुष्पकमल दाहाल ‘प्रचण्ड’
अध्यक्ष

असार ३१, २०८२ मंगलबार १३:१३:५९