सोनाम लोसारको अवसरमा अध्यक्ष प्रचण्डले दिनुभएको शुभकामना

शुभकामना
परम्परागत सोनाम ल्होछार पर्वको शुभदिनमा यो पर्व मनाउनु हुने सम्पूर्ण देश विदेशमा रहनुभएका दाजुभाई तथा दिदीबहिनीहरुमा हार्दिक शुभकामना व्यक्त गर्न चाहन्छु । प्राचिन तत्वीय सभ्य सम्वत् विभिन्न १२ वटा जीवजन्तुमा आधारित वर्षचक्रको भेडा वर्ष समाप्त भई नयाँ बाँदर वर्ष आरम्भ भएको दिनमा मनाइने यस २८५२ औं सोनाम ल्होछारले सम्पूर्ण नेपालीमा समेत उत्साह उमङ्ग भर्दै शान्ति, परिवर्तन र विकासको मार्गमा अगाडि बढ्न सबैमा प्रेरणा मिलोस् भन्ने शुभ–कामना व्यक्त गर्न चाहन्छु ।

माघ २६, २०७२

……………………….
पुष्पकमल दाहाल ‘प्रचण्ड’
अध्यक्ष
एकीकृत नेपाल कम्युनिष्ट पार्टी (माओवादी)

Sonam_loshar_Suvakamna-072-10-26

असोज ४, २०८३ आइतबार ११:९:४