कम्युनिष्ट एकतापछि विकास रेल ईन्जिनमा अघि बढ्छ, “प्रचण्ड”

मंसिर १०, माडी-चितवन। माअाेवादी केन्द्रका अध्यक्ष प्रचण्डले कम्युनिष्ट एकतापछि नेपालमा विकास रेल ईन्जिनकाे गतिमा अघि बढ्ने बताउनु भएकाे छ।
अाइतबार चितवनकाे माडीमा अायाेजित काेण सभामा बाेल्दै प्रचण्डले भन्नुभयाे, “कम्युनिष्ट एकता चुनाव जित्नका लागि मात्रै हाेइन, नेपालमा राजनीतिक स्थिरता, विकास र समृद्धिलाई गति दिन हाे। चुनावपछि एमाले र माअाेवादी केन्द्रबीच पार्टी एकता हुन्छ। नेपालमा एउटै कम्युनिष्ट केन्द्र बन्छ। त्यसपछि नेपालकाे विकास र समृद्धिकाे यात्रा रेल ईन्जिनकाे गतिमा अघि बढ्छ।”
“जसले पैसाले भाेट खरिद गर्छ, त्यसले जनतालाई भेडा बाख्रा ठान्छ, सामन्तहरु जनतालाई मान्छे नै ठान्दैनन्” बाँदरझुलामा अायाेजित कार्यक्रममा प्रचण्डले भन्नुभयाे, “जनतालाई पैसामा किन्न खाेज्नेहरुले के जनताका समस्या बुझ्छन् ? के एकदिन मासुभात खाएर तपाईं हाम्राे जीवन चल्छ ? के २/३ हजार पैसाले तपाईं हाम्राे भविष्य बन्छ ? देशमा विकास र समृद्धि हुन्छ त ? त्यसैले अाफ्नाे र अर्काे चिनौं। जसले जिन्दगिभर जनता ठग्याे, लुट्यो र ठेक्कापट्टालाई विकास भनेर भजाएर खायाे, त्यस्ताबाट सचेत हुनुस्। २/४ पैसाकाे लाेभमा अाफ्नै खुट्टामा बञ्चराे नहान्नुस्।”
“तपाईहरुलाई थाहा भयाे हाेला, हाम्रा एक मात्र छाेरा प्रकाशकाे हृदयघातले निधन भयाे” माडीकाे खरकट्टामा प्रचण्डले भन्नुभयाे, “बाबू हुनुकाे नाताले हामी शाेकमा छौं। तर, अब मेरा लागि नेपालका प्रत्येक युवायुवती प्रकाश हुन्। सबै युवायुवती मेरा छाेराछाेरी हुन्। अब मेराे सम्पूर्ण जीवन तिनै छाेराछाेरीकाे भविष्य निर्माणमा खर्चिने सङ्कल्प गरेकाे छु। यस बीचमा तपाईहरुले देखाउनुभएकाे सद्भाव र सहानुभूतिका लागि म ऋणि छु।”
चुनावी अभियानका क्रममा प्रचण्डले स्थानीय जनतासँग अन्तरक्रिया र स्थानीयका समस्याबारे चासाे राख्नुभएकाे थियाे। चुनावी अभियानमा कलाकारहरु बद्री पङ्गेनी, चेतन सापकाेटा लगायतले जनवादी गीत सङ्गीत प्रस्तुत गर्नुभएकाे थियाे।
अाइतबार बिहानै अध्यक्ष प्रचण्डले माडीकाे बाँदरमुढेमा रहेकाे सशस्त्र युद्धका क्रममा मृत्यु भएका नागरिकहरुकाे स्मृतिमा निर्मित स्मारकमा माल्यार्पण गर्नुभएकाे थियाे भने साँझ माडीमा बाम गठबन्धनकाे संयुक्त युवा भेलालाई सम्बाेधन गर्नुभएकाे थियाे।

कात्तिक ७, २०८१ बुधबार १३:१०:३९