माडी चितवनकाे मणि बन्नेछ, अध्यक्ष प्रचण्ड”

मंसिर ११, माडी चितवन। पूर्व प्रधानमन्त्री एवं माअाेवादी केन्द्रका अध्यक्ष प्रचण्डले माडी नगरपालिकालाई चितवन जिल्लाकाे मणि बनाउने प्रतिवद्दता व्यक्त गर्नुभएकाे छ।
साेमबार माडीका विभिन्न वडा र टाेलमा अायाेजित चुनावी सभा र घरदैलाेमा बाेल्दै प्रचण्डले माडीलाई चितवनकाे मणि बनाउने बताउनु भएकाे हाे।
चुनावी सभामा प्रचण्डले भन्नुभयाे, “म चुनाव जित्नका लागि मात्र चितवन अाएकाे हाेइन। चितवन देशकै अग्रगामी चेतना भएकाे जिल्ला हाे। म चितवनकाे जनमतमार्फत् देशकाे नेतृत्व गर्न चाहन्छु। पश्चिम चितवन र माडी पनि विगतमा अार्थिक विकास र पूर्वाधारमा पर्याे। अब त्यसाे हुने छैन। माडीलाई चितवन जिल्लाकै मणि बनाउने संकल्प बाेकेर तपाईहरुकाे बीच अाएकाे छु।”
“रियु खाेला लगायतका ठाडा खाेलामा तटबन्ध गरिनेछ। माडीकाे प्रमूख समस्या खाेलाहरुबाट हुने नदी कटानकाे समस्या हाे, हामी त्यसकाे दीर्घकालीन हल गर्नेछौं। माडीका सबै सडकहरुकाे स्तराेन्नति र मूख्य सडकहरु कालाेपत्रे गरिनेछ” प्रचण्डले भन्नुभयाे, “कृषि सडकलाई माडीकाे चक्रपथका रुपमा विकास गरिनेछ। सुकुम्बासी समस्या यहाँकाे अर्काे समस्या हाे, मन्त्रिपरिषदकाे पहिलाे बैठकबाटै सुकुम्बासी समस्या समाधानकाे निर्णय गराउने छु। कम्युनिष्ट सरकार सुकुम्बासी, किसान र मजदुरका समस्या समाधानमा गम्भीर भएर लाग्नेछ।”
“केरुङबाट चितवन हुँदै ठाेरी पुग्ने सडकलाई व्यवस्थित गरिनेछ, ठाेरीलाई व्यापारिक नाकाका रुपमा विकास गरिनेछ, त्यसका लागि मैले कुटनीतिक पहल गरिसकेकाे छु। माडीलाई धार्मिक पर्यटनका रुपमा विकास गर्न सकिने प्रवल सम्भावना छ” प्रचण्डले भन्नुभयाे, “माडी कृषि र पर्यटनका लागि उपर्युक्त ठाउँ हाे, त्यसरी नै यस ठाउँकाे विकास गरिनेछ। जङ्गली जनावरकाे अातङ्कबाट ग्रसित जनतालाई सुरक्षाकाे प्रत्याभूति गरिनेछ। फाउण्डेसन सहितकाे मेस जालीकाे व्यवस्था गरिनेछ। निकुञ्ज क्षेत्रकाे सडकलाई अाकाशे पुल वा भूमिगत सडकका रुपमा विकसित गरिनेछ।”
“२०४८ मंसिर ११ गते ४ पार्टीकाे एकता भएर तात्कालीन जनमाेर्चा बनेकाे थियाे” प्रचण्डले भन्नुभयाे, “२६ वर्षपछि एमाले र माअाेवादी केन्द्रबीच पार्टी एकता भएर शक्तिशाली कम्युनिष्ट केन्द्र बन्दैछ। यसले नेपालकाे अस्थिरता र अराजकताकाे अन्त्य गर्नेछ।” चुनावी अभियानमा चर्चित कलाकार मनाेज गजुरेल, बद्री पङ्गेनी, चेतन सापकाेटा लगायतले देशकाे एकता र विकासका लागि प्रचण्डले जित्नुपर्ने धारणा राख्नुभएकाे थियाे।

कात्तिक ७, २०८१ बुधबार १५:२२:२२