काठमाडौं, २५ पुस । अध्यक्ष क. प्रचण्ड ५ नं. प्रदेशको प्रदेश समितिको बैठक तथा केन्द्रीय समितिले लिएका निर्णयहरु बारे नेता तथा कार्यकर्ताहरुलाई प्रशिक्षण दिन आज बिहान १०ः१५ बजे दाङ प्रस्थान गर्नुभएको छ । अध्यक्ष क. प्रचण्डले दाङको घोराहीमा १४ जिल्लाका नेता तथा कार्यकर्ताहरुलाई प्रशिक्षण गर्नुहुने भएको छ ।
उक्त कार्यक्रममा पार्टीका उपाध्यक्ष क. नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ र महासचिव क. कृष्णबहादुर महरा पनि सहभागी हुनुहुनेछ । यसअघि १ नं. प्रदेश, २ नं. प्रदेश र ३ नं. प्रदेशका बैठक तथा नेतारकार्यकर्ताहरुमा अध्यक्ष क. प्रचण्डले प्रशिक्षण दिई सक्नुभएको छ ।