अध्यक्ष क. प्रचण्ड र सभामुख ओनसरी घर्ती बीच भेट

काठमाडौं, साउन ५ गते । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष क. प्रचण्ड र सम्माननिय सभामुख ओनसरी घर्ती बीचमा भेट भएको छ । उहाँहरुको भेट सबै राजनीतिक दलहरुसंग परामर्श गर्ने क्रममा सम्माननिय सभामुख ओनसरी घर्तीले भेट्नु भएको हो । उहाँहरु बीचको भेटमा वर्तमान समस्यालाई समाधन गर्ने विषयमा छलफल भयो । सभामुखले वर्तमान राजनीतिक समस्या सहज ढंगले सबै राजनीतिक दलहरू मिलेर समाधन गर्नुपर्ने बताउनुभयो, साथै उहाँले समस्याको छिट्टै समाधान हुनेमा विश्वस्त रहेको बताउनु भयो ।
उक्त भेटमा अध्यक्ष क. प्रचण्डले राजनीतिक दलहरू बीचमा छलफल भइरहेको र समस्यालाई समाधानका लागि कोशिस गरिरहको बताउनु भयो ।

कात्तिक ७, २०८१ बिहीबार २:१८:१२