नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) मा विभिन्न पार्टीबाट करिब ५०० संख्यामा पार्टी प्रवेश

13718176_1744129399185481_995516977_o
काठमाडौं, साउन ५ गते । अध्यक्ष क. प्रचण्डले विभिन्न पार्टीबाट नेकपा (माओवादी केन्द्र) प्रवेश गर्नुहुने सबै कमरेडहरुलाई स्वागत गर्दै बधाई तथा धन्यवाद दिनु भयो ।

अध्यक्ष क. प्रचण्डले पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै आजको राष्ट्रिय राजनीतिलाई सही दिशामा सहयोग गर्नका निम्ति साथीहरुले रा.प्र.पा.बाट विद्रोह गरी नेकपा (माओवादी केन्द्र) मा प्रवेश गर्नुभएको बताउनु भयो ।

अध्यक्ष क. प्रचण्डले संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थात गर्न, संविधानको कार्यान्वयनका साथै समयको आवश्यकताअनुरूप परिमार्जन गर्दै जाने र सबै पक्षसँग राजनीतिक छलफलद्वारा साझा धारणा निर्माण गर्ने शान्तिप्रक्रियालाई पूर्णता दिने जनताको जीवनमा परिवर्तन ल्याउने काम गर्ने बताउनु भयो । उहाँले वर्ग, जाति, क्षेत्र, लिङ्गको समस्या हल गर्ने समय हो । यो बेलामा तपाईंहरुको यो कदमले महत्वपूर्ण स्थान राख्ने बताउनु भयो ।

अध्यक्ष क. प्रचण्डले व्यवस्थापिका संसदमा पेश भएको आविश्वासको प्रस्ताव माथि विहीवारदेखि छलफल हुने बताउनु भयो । अध्यक्ष क. प्रचण्डले सबै नेपालीलाई एकताबद्ध गरी संविधान कार्यान्वयन गर्ने, नयाँ संविधानअनुरुप निर्वाचन सम्पन्न गर्ने, पुनर्निमाण र पुनस्र्थापना गर्ने, शान्ति प्रक्रियाको बाँकी काम पूरा गर्ने, मधेस, थारु जनजातिलगायतका जयज मागहरुको सम्बोधन गर्ने, जनताको आकांक्षा पूरा गर्ने जस्ता चुनौति आगामी सरकार सामु रहेको र यी चुनौतिहरुको सामना गर्नको निम्ति अवसर पनि रहेको बताउनु भयो ।

अध्यक्ष क. प्रचण्डले अहिलेको जमाना संघीय लोकतान्त्रिक गणतन्त्रको जमान भएकोे । यो जमाना राजनीतिक पार्टीहरूको प्रमुख भूमिका भएको जमाना हो, त्यसैले सबै पेशा र व्यवसाय गर्ने साथीहरू राजनीतिक पार्टीमा आवद्ध हुनु भएको छ र हुनुपर्ने समेत बताउनु भयो ।

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)मा प्रेवश गर्नु हुनेमा राप्रपाका सीसीएम तथा दोलखा अध्यक्ष नरबहादुर पाख्रिन, राप्रपा सीसीएम सविन्द्र खड्की, ललितपुर, राप्रपा डोटी जिल्ला कार्यसमिति सदस्य तिलक सिंह मल्लको नेतृत्वमा करिब ५०० को संख्यामा नेता तथा कार्यकर्ता रहनुभएको छ ।

कात्तिक ७, २०८१ बिहीबार ४:१६:३