अध्यक्ष क. प्रचण्ड र ICAP का अध्यक्ष जोसे डे भेनेसियाबीच भेट

काठमाडौं, साउन १४ गते । अध्यक्ष क. प्रचण्डले ICAP का अध्यक्ष जोसे डे भेनेसियासँग पार्टी कार्यालय पेरिसडाँडामा भेट गर्नुभयो । भेटमा अध्यक्ष क. प्रचण्डले संविधानसभाबाट संविधान निर्माण गरी Inclusive Democracy स्थापित गरेका बताउनु भयो । यसै क्रमम अध्यक्ष क. प्रचण्डले आफ्नो तर्फबाट राष्ट्रिय एकता कायम गरी राष्ट्रिय सहमतिको सरकार निर्माणका लागि प्रयासरत रहेको बताउनुभयो । साथै उहाँले राष्ट्रिय एकताबाट मात्र राष्ट्रको तीव्र विकास, प्रगति र उन्नति सम्भव भएको समेत बताउनु भयो ।

भेटका क्रममा ICAP का अध्यक्ष जोसे ड भेनेसियाले राजतन्त्रको अन्त्य, शान्ति प्रक्रिया मार्फत् गृहयुद्धको अन्त्य र व्यवस्थापन, संघीय व्यवस्थाको स्थापना जस्ता महान् उपलब्धी नेपाल, नेपाली जनता र नेपालका राजनीतिक पार्टीहरूले हासिल गरेको र यो विश्वकै लागि उदाहरणीय भएको बताउनु भयो । उहाँले यी उपलब्धीहरूलाई अझ उचाईमा पु¥याउन यहाँका राजनीतिक पार्टीहरू सहमति र समझदारीका साथ एकताबद्ध भएर अगाडी बढ्नु पर्ने धारणा राख्नु भयो । साथै उहँँले ICAP को सेप्टेम्बर १ मा हुने क्वालालाम्पुरमा हुने र Dec. 1 मा वासिङ्टनमा हुने सम्मेलनमा सहभागीताका लागि अध्यक्ष क. प्रचण्डलाई निमन्त्रणा समेत गर्नुभयो । उक्त भेटमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का केन्द्रीय कार्यालय सदस्य तथा विदेश विभाग प्रमुख नारायणकाजी श्रेष्ठ ‘प्रकाश’, एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल र परिवार दलका अध्यक्ष एकनारायण ढकालको समेत उपस्थिति रहेको थियो ।

कात्तिक ९, २०८१ शुक्रबार ५:५९:४८