अध्यक्ष प्रचण्ड आज गोरखाका भूकम्प प्रभावित दुर्गम बस्तीमा

काठमाडौं, २२ बैशाख । अध्यक्ष प्रचण्ड आज बिहान गोरखा जिल्लाका भूकम्प प्रभावित दुर्गम बस्तीहरुमा रहनु भएको छ । गोरखाका दुर्गम गुम्दा, लाप्राक, बारपाक, मुच्चोक लगायतका बस्तीहरुमा राहत र विभिन्न भौतिक संचरनाहरुको शिलान्यासका लागि त्यस तर्फ जानुभएको हो ।

अध्यक्षले आज बिहान १० बजे गुम्दामा भूकम्प पीडितहरुका लागि राहत रकम वितरण, वितरण गर्नु हुनेछ भने ११ बजे लाप्राकमा खानेपानीको शिलान्यास गर्नुहुने छ । त्यसैगरी अध्यक्ष मध्यान्ह १२ बजे बारपाकको सामुदायिक भवनको उद्घाटन, २ बजे सौरपानी र मुच्चोकमा राहत वितरण गरी आजै काठमाडौं फर्कने कार्यक्रम रहेको छ ।

कात्तिक ७, २०८१ बुधबार १५:२३:२