अध्यक्ष प्रचण्ड तनहुँमा, स्थानीय जनसमुदायबाट स्वागत (फोटो फीचर)

तनहुँ, १३ चैत । अध्यक्ष प्रचण्ड आज तनहुँ पुग्नुभएको छ । जिल्ला स्तरीय अगुवा कार्यकर्ता प्रशिक्षणको क्रममा उहाँ आज बिहान त्यसतर्फ प्रस्थान गर्नुभएको थियो । बिहान तनहुँको आँबु खैरेनीमा उहाँलाई जनसमुदायले भब्य स्वागत गरेका थिए । हातमा फुल र माला लिएर सडक किनारमा लामबद्ध सर्वसाधारणले आफ्ना घर अगाडि पानीका घडा थापी अध्यक्ष प्रचण्डलाई स्वागत गरेका हुन् । श्री मित्रता उच्च माध्यामिक विध्यालय आँबुखैरनी-१, सत्रसयमा अध्यक्षकाे स्वागतमा एक कार्यक्रमको आयोजना पनि गरेका थिए ।

श्री मित्रता उच्च मावि, आँबु खैरेनी–१, सत्रसय तनहुँमा विद्यालयको प्रांगणमा प्रधानाध्यापकले अध्यक्ष प्रचण्डलाई विद्यालय र गाउँवासीको तर्फबाट स्वागत गर्नुभयो । भूकम्पबाट क्षतिग्रस्त उक्त विद्यालयको पूनर्निर्माणको निम्ति आवश्यक पहलको निम्ति त्रापन पत्र पेश गर्नुभयो । गोरखा जिल्लाको धुवाँकाृट गाविस र तनहुँको आँबुखैरेनीको बीचमा देवीघाटमा पक्की पूलको निम्ति अध्यक्ष क. प्रचण्ड समक्ष ज्ञापन पत्र गोरखाका खोप बहादुर कँडेलले बुझाउनु भयो । उहाँ सो अवसरमा संक्षिप्त मन्तव्य दिँदै आफ्नो पुराना दिनहरु सम्झनु भयो । उहाँले २०४२/०४३ साल तिर पार्टी निर्माणको क्रममा १७ सय फाँटको बाटो भएर हिँडेको र नेता खोप बहादुर कँडेलको माथिल्लो घर पार्टी हेडक्वाटर रहेको स्मरण गर्नुभयो ।

अध्यक्षले भूकम्पले क्षतविक्षत भएको उक्त विद्यालयको पूनर्निर्माणको निम्ति पहल हुने विश्वास दिलाउनु भयो । सो अवसरमा देवीघाट पूल निर्माणको प्रक्रिया अगाडि बढाईने पनि बताउनु भयो ।
वर्तमान राजनीति बारे अध्यक्षले प्रधानमन्त्रीको भारत भ्रमण पश्चात भएको चीन भ्रमणमा भएका सम्झौता आफ्नो औपचारिक चीन भ्रमणका समयमा भएको ल्हासा–काठमाडौं–पोखरा–लुम्बिनी रेल लाइनको प्रस्ताव राखेको थिए, त्यसै अनुरुप भएको बताउनु भयो । भूकम्पको सामना गर्न र संविधान निर्माण गर्न जसरी राष्ट्रिय एकताबाट सम्भव भयो अब फेरि संविधान कार्यान्वयन, पुनर्निर्माण र देशको उन्नतिको लागि राष्ट्रिय एकताको खाँचो रहेको उहाँको भनाई थियो ।

tanahun_CM0721213943tanahun_CM0721213942tanahun_CM0721213941tanahun_CM0721213940

कात्तिक ६, २०८१ बुधबार १:५:३८