अध्यक्ष प्रचण्ड पार्टी काम छोट्याएर राजधानी फर्कँदै

काठमाडौं, २६ माघ । नेपाली काँग्रेसका सभापति शुसील कोइरालाको निधन भएपछि पार्टी कामको सिलसिलामा धनकुटा पुग्नुभएका अध्यक्ष प्रचण्ड कार्यकर्ता प्रशिक्षण कार्यक्रम छोट्याएर राजधानी फर्कने हुनुभएको छ ।

 

अपरान्ह ४ बजे राजधानी फर्कने समय तालिका रहेकोमा उहाँ दिउँसो २ बजेको उडानबाटै राजधानी फर्कने हुनुभएको हो । अध्यक्ष प्रचण्ड धनकुटामा पार्टीका नेता तथा कार्यकर्ताहरुमा प्रशिक्षणका लागि सोमबार त्यसतर्फ प्रस्थान गर्नुभएको थियो ।

कात्तिक ७, २०८१ बुधबार २१:७:१२