कोइरालाको योगदान नभएको भए संविधान निर्माण संभव थिएनः अध्यक्ष प्रचण्ड (अडियो डाउनलोड गर्नुहोस्)

धनकुटा, २६ माघ । अध्यक्ष प्रचण्डले पूर्व प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शुसील कोइरालाको निधनले देशलाई अपुरणीय क्षति भएको बताउँदै संविधान निर्माण प्रक्रियामा उहाँको योगदान नभएको भए संविधानसभाबाट संविधान बनाउने कुरा संभव नभएको बताउनु भएको छ । पार्टी कामको सिलसिलामा १ नं. प्रदेशको धनकुटा पुग्नुभएका अध्यक्षले क्रान्तिकारी पत्रकार संघ धनकुटाद्वारा आयोजित पत्रकार सम्मेलनमा यस्तो बताउनु भएको हो । उहाँले भन्नुभयो, ‘देशको सबैभन्दा ठूलो पार्टी नेपाली काँग्रेसको सभापतिको हैसियतले सरकारको प्रधानमन्त्रीको हैसियतले पनि उहाँको योगदान अतुलनीय छ ।’ उहाँले सो अवसरमा शुसील कोइराला नेपालको लोकतान्त्रिक आन्दोलनको एक स्थापित व्यक्तित्व भएको बताउनु भयो ।
संविधान निर्माणमा योगदानका कारण कोइराला नेपालको एक अविश्मरणीय राजनीतिक व्यक्तित्व बनिनै सक्नुभएको छ,’ भन्नुभयो, ‘संविधान कार्यान्वयनको सन्दर्भमा मेरो उहाँसँग निकै अन्तरंग कुराकानी हुने गरेको थियो । राष्ट्रलाई कसरी एकतावद्ध भएर लैजान सकिन्छ भनेर खुलेर अन्तरंग उहाँसँग कुराकानी भएको थियो । संविधान कार्यान्वय र विकास निर्माणको प्रक्रियामा ठूलो क्षति पुगेको छ । मृत्यु शास्वत कुरा भएकाले हामीले यसको सामना गर्नेपर्दछ । ’

अध्यक्षले कोइरालाको पनि एउटा बलियो राष्ट्रिय एकता बनोस्, संविधान कार्यान्वयको प्रक्रिया सहज अगाडि बढोस् भन्ने चाहना भएकाले सबै एकतावद्ध भएर संकल्प गर्नु बाहेक अर्को कुनै विकल्प नरहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘म नेपाली काँग्रेसका सभापति शुसील कोइरालाप्रति श्रद्धा, सम्मान र शोक सन्तप्त परिवारजनप्रति र नेपाली काँग्रेस पार्टी पंक्ति प्रति गहिरो समवेदना प्रकट गर्न चाहान्छु । देश अहिले जुन परिस्थितिमा छ देशका सबै राजनीतिक शक्तिहरु, राष्ट्रिय शक्तिहरु एक ठाउँमा केन्द्रीत हुन आजको आवश्यकता हो ।

‘मैले यो कुरालाई लगातार जोड दिँदै आएको छु । राष्ट्रिय एकताको बलिायो आधार वामपंथी एकता पनि हो । किनभने नेपालमा वामपंथी जनमत नै सबैभन्दा बढी विद्यमान छ । तर दुःखको कुरा बामपंथि आन्दोलन नै सबैभन्दा विभाजित पनि छ । यो राष्ट्रको लागि कहीँकतै हितकारी छैन । त्यसकारण बामपंथी एकतामा जोड दिनु आजको आवश्यकता हो, अध्यक्षले भन्नुभयो ।

अध्यक्षले अगाडि भन्नुभयो, ‘हामीलाई दुईवटा चुनौति आएका छन् । भूकम्पको चुनौति र हामीले भोग्नै नपर्ने नाकाबन्दी जस्तो स्थितिको हामीले सामना गर्नुपर्यो । नाकाबन्दीबाट निकै ठूलो क्षति र पीडा नेपाली जनताले व्यहोर्नुपर्यो । संविधान घोषणा भईसकेपछि त्यसको कार्यान्वयन प्रक्रियाको चुनौति पनि रहेको छ । संसदबाट पुनर्निर्माण प्राधिकरणको विधेयक बनीसकेपछि र प्राधिरकण बनिसकेपछि एउटा अभियानको शुरुवात भएपछि हामी सबैको निम्ति नयाँ निर्माणको एउटा अभियान सुरु भएको छ । अर्को नाकाबन्दीको स्थिति पनि निकै ठूलो मेहनत पछि, सरकार बने पछि उच्चस्तरीय राजनीतिक समितिको संयोजक भएको हैसियतले मेरो ध्यान नाका खुलाउने तिर नै बढी केन्द्रीत थियो । पछिल्लो चोटी पनि हामीले त्यसैमा पहल लियौं र अहिले नाका खुलेको छ ।

अब हामीले अपेक्षा गरेको संविधान पुनर्निर्माणको प्रक्रिया, संविधान कार्यान्वयनको प्रक्रिया र आर्थिक विकासको प्रक्रियामा केन्द्रीत हुने राम्रो अवसर बनेको छ । संविधान कार्यान्वयनको सन्दर्भमा हाम्रो दलको तर्फबाट सबभन्दा पहिला नयाँ संविधानको भावना र मर्म अनुसार नै ७ वटा प्रदेश समिति बनाएर सबै प्रदेशमा बैठक तथा प्रशिक्षण सकिसकेका छौं ।  यसैक्रममा म यहाँ आएको छु ।’

कात्तिक ७, २०८१ बुधबार २३:४६:५८