अध्यक्ष प्रचण्ड पोखराका विभिन्न कार्यक्रममा ब्यस्त

पोखरा । पूर्वप्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्ड आज पोखराका विभिन्न कार्यक्रममा ब्यस्त हुनुहुने भएको छ ।

शुक्रबार पोखरा आईपुग्नु भएका अध्यक्ष प्रचण्ड आज बिहान १० बजे माओवादी केन्द्र प्रदेश नं. ४ द्वारा आयोजित कार्ल मार्क्स जन्म द्विशतवार्षिकी समारोहलाई सम्बोधन गर्नुहुने भएको हो । अध्यक्ष भोलि राजधानी फर्कनु हुनेछ । त्यसैगरी उहाँले प्रदेश नं. ४ का पार्टीका नेता तथा कार्यकर्तासँग भेटघाट पनि गर्नुहुनेछ ।

कात्तिक ८, २०८१ शुक्रबार ०:४:१६