अध्यक्ष प्रचण्ड प्रधानमन्त्रीमा नियुक्त

काठमाडौं। नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्रीमा नियुक्त हुनुभएकाे छ । राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार साँझ उहाँलाई प्रधानमन्त्रीमा नियुक्त गर्नुभएकाे हाे ।

संविधानको धारा ७६ को (२) अनुसार अध्यक्षलाई राष्ट्रपतिले प्रधानमन्त्रीमा नियुक्त गर्नुभएकाे हाे। उहाँले दोस्रो ठूलो दल नेकपा एमालेसहित सात दल र ३ स्वतन्त्र गरी १६९ सांसदको समर्थन जुटाएर प्रधानमन्त्रीका लागि राष्ट्रपति समक्ष दाबी पेस गर्नुभएकाे थियाे ।

यससँगै तेस्रो पटक प्रधानमन्त्री बनेका अध्यक्ष प्रचण्डले सोमबार पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुहुने भएकाे थियाे । राष्ट्रपति कार्यालयले प्रधानमन्त्रीको शपथ सोमबार ४ बजे तय गरेको राष्ट्रपतिका प्रेस विज्ञ टीका ढकालले जानकारी दिनुभयाे। अध्यक्ष प्रचण्ड यसअघि २०६५ र २०७३ मा ९/९ महिनाको अवधि प्रधानमन्त्री बन्नुभएकाे थियाे।

असोज ६, २०८१ सोमबार ०:१२:१८