अध्यक्ष प्रचण्ड र नेपालका लागि क्यानाडेली डेपुटी राजदूतबीच भेट

काठमाडौं, असार १ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्ड र क्यानाडाका डेपुटी राजदूत जेश दत्तनबीच भेट भएको छ ।

अध्यक्ष प्रचण्डलाई भेट्न क्यानाडेली डेपुटी राजदूत जेश आज साँझ अध्यक्ष निवास लाजिम्पाट पुग्नुभएको थियो ।

भेटका अवसरमा अध्यक्ष प्रचण्डले नेपालको राजनीतिक विकासका बारेमा वहाँहरुसँग चर्चा गर्नुभएको थियो । नेपालको राजनीतिक विकास पत्रिया विशिष्ट खालको रहेको अध्यक्षले जनाउनुभयो । संविधान कार्यान्वयन गर्न, शान्ति प्रक्रियाका बाँकी कार्यभार पुर गर्न, पुनर्निर्माण अभियानलाई तीब्रता दिन र जनताका समस्यालाई हल गर्न राष्ट्रिय सहमतिको आवश्यकता र सहमतीय सरकारको खाँचो रहेको अध्यक्ष प्रचण्डले भेटका अवसरमा विचार व्यक्त गर्नुभयो । “यसका निम्ति राजनैतिक पार्टीहरुबीच सकारात्मक छलफल भइरहेको छ” वहाँले भन्नुभयो, “अन्तर्राष्ट्रिय समुदायको सकारात्मक सहयोगको निम्ति अपेक्षा गर्दछौं ।”

13444336_1729085517356536_102591822_n (1)

अध्यक्ष प्रचण्डले भूकम्पबाट प्रभावित क्षेत्रमा पुनर्निर्माणलगायतका क्षेत्रमा सहयोगका लागि समेत धन्यवाद दिनुभयो ।

भेटका अवसरमा डेपुटी राजदूत जेशसले क्यानाडाको राजनीतिक संरचना संघीय भएको बताउँदै एक आपसमा सरसहयोग र सम्बन्ध हुनुपर्ने बताउनुभयो । “हामी नेपालसँग गहिरो मित्रता कायम गर्न चाहन्छौं” वहाँले भन्नभयो ।

कात्तिक ८, २०८१ बिहीबार २१:१६:१६