अध्यक्ष प्रचण्ड सुदुरपश्चिमको होलीमा सहभागी

काठमाडौं, ८ चैत । सहिद बेपत्ता परिवारका छोराछोरीहरुको पठन पाठनका लागि अक्षयकोष स्थापना गर्न आयोजित होली कार्यक्रममा आज अध्यक्ष प्रचण्ड सहभागी हुनुभएको छ । सुदुरपश्चिमका एमाओवादी नेता तथा कार्यकर्ताहरु अध्यक्ष निवास लाजिम्पाटमा जम्मा भई होलीको सुरुवात गरेका थिए ।

सो अवसरमा अध्यक्ष प्रचण्डले नेपाल बहुसंस्कृतिको धनी देश भएकाले पुराना संस्कृतिहरुलाई पनि सामाजिक सेवाको लागि मनाउनु राम्रो काम भएको बताउनु भयो । ‘पर्वलाई मनाउने र सकाराात्मक र पुनित कार्यका लागि शुभकामना छ, अध्यक्षले भन्नुभयो । अध्यक्ष सो अवसरमा सुदुरपश्चिमको होली टोलीसँग होली नृत्यमा पनि सहभागी हुनुभएको थियो । स्मरणीय छ, सुदुरपश्चिममा होली पूर्णिमा अगावै २/३ दिनदेखि होली पर्वलाई मनाउने गरिएको छ । त्यसैगरी पश्चिम नेपालमा राना थारु समुदायले पनि यो पर्वलाई होली पूर्णिमाको एक दुई दिन अगाडि नै मनाउने चलन छ ।

cmprachanda_HOLI (2)

cmprachanda_HOLI (3)

कात्तिक ७, २०८१ बुधबार १६:१५:१०