राप्ती नदी बाढी पीडित संघर्ष समितिद्वारा अध्यक्ष प्रचण्डसँग भेट

काठमाडौ, १० चैत । बाँके जिल्लाबाट आएको राप्ती नदी बाढी पीडित संघर्ष समितिले अध्यक्ष प्रचण्डसँग भेट गरेको छ । निवास लाजिम्पाटमा आज बिहान अध्यक्षलाई भेट गर्दै उक्त समितिले राप्ती नदीको बाढीका कारण घरबार बिहिन बनेकाहरुको पुनर्वासको व्यवस्थामा भएको सरकारी ढिलासुस्तीका बारे गुनासो गरेको थिए ।

सरकार सञ्चालन उच्चस्तरीय समन्वय समितिका अध्यक्ष प्रचण्डलाई जिल्लामा रहेका सबै राजनीतिक दल र सरकारी निकायले पनि पुनर्वासका निम्ति सहमति जनाई सकेकाले वस्ती नै हस्तान्तरण गर्नुपर्ने उनीहरुको भनाई थियो । बाँके बाढी पीडित संघर्ष समितिका संयोजक तिलक घर्तीसहितको टोलीले पुनर्वासका निम्ति बाढी पीडितलाई पैसाको सट्टा जमिन नै उपलब्ध गराउनु पर्ने माग पनि गरेको थियो ।

कात्तिक ७, २०८१ बुधबार १८:३:३८