अध्यक्ष प्रचण्डद्वारा चितवन ३ बाट उम्मेद्वारी दर्ता

कार्तिक १६, भरतपुर । पूर्वप्रधानमन्त्री एवं माअाेवादी केन्द्रका अध्यक्ष प्रचण्डले प्रतिनिधि सभा सदस्यका लागि चितवन क्षेत्र नं.-३ बाट उम्मेद्वारी दर्ता गर्नुभएकाे छ।
बिहीबार १२.३० बजेबाट माअाेवादी केन्द्र र एमालेकाे संयुक्त जुलुससहित जिल्ला निर्वाचन कार्यालय पुगेर २.०० बजे उम्मेद्वारी दर्ता गर्नुभएकाे हाे। अध्यक्ष प्रचण्डकाे प्रस्तावकमा माअाेवादी केन्द्रका नेता अमिक शेरचन र समर्थकमा एमाले नेता रामजी सापकाेटा रहनुभएकाे छ।
उम्मेदवारी दर्ता गरेपछि भरतपुरमा अायाेजित चुनावी सभामा बाेल्दै अध्यक्ष प्रचण्डले भन्नुभयाे, “नेपालमा एउटै कम्युनिष्ट केन्द्र बनाउनुपर्छ भन्ने साेच २४ वर्षअघि नै थियाे। २०५० सालमा म नेकपा एकताकेन्द्रकाे महामन्त्री थिएँ। केही बामपन्थी बुद्धिजीवीकाे सुझावपछि जेठ ११ गते मेराे र मदन भण्डारीकाे भेट्ने समय मिलाइएकाे थियाे। नेपालमा एउटै कम्युनिष्ट केन्द्र बनाउनेबारे छलफल हुँदै थियाे। तर, दुर्भाग्य जेठ ११ अाएन। जेठ ३ गते नै मदन भण्डारीकाे हत्या गरियाे। हामी शान्ति प्रक्रियामा अाएपछि माअाेवादी एमाले एकताका लागि केही प्रयास गरिएकाे थियाे, डकुमेन्ट अादान प्रदान गरिएकाे थियाे। तर, एकता हुन सकेन। यसपटक हरहालतमा हामी पार्टी एकता गर्छौ र नेपालमा एउटै कम्युनिष्ट केन्द्र बनाउँछौं।”
“माअाेवादी एमाले तालमेल र एकताकाे तयारीपछि १० रेक्टर स्केलकाे भूकम्प गएकाे छ, अब अधिनायकवाद अाउँछ, निरङ्कुशता अाउँछ जस्ताे हल्ला गरिदैछ” अध्यक्ष प्रचण्डले भन्नुभयाे, “हाम्राे गठबन्धन बामपन्थी लाेकतान्त्रिक गठबन्धन हाे। कांग्रेसकाे गठबन्धन दक्षिणपन्थी लाेकतान्त्रिक गठबन्धन हाे। कांग्रेसले प्रजातन्त्र भन्थ्याे। लाेकतन्त्र कम्युनिष्टहरुकाे नारा हाे। हामी कांग्रेसभन्दा कैयौं गुणा लाेकतान्त्रिक र प्रगतिशील छौं।”
बाम लाेकतान्त्रिक गठबन्धनपछि चुनाव राेक्न अनेक प्रयास गरिएकाे उहाँले बताउनु भयाे। उहाँले भन्नुभयाे, “गीरिजाबाबूले कांग्रेस हार्छ भन्ने साेचेकाे भए चुनाव हुँदैनथ्याे। मैले त्यसरी साेचेकाे भए स्थानीय तहकाे चुनाव हुदैनथ्याे। अहिले कांग्रेसले हार्छ कि भन्ने हिसाब गर्न थालिएकाे छ। अहिले नै धेरै कुरा भन्दिनँ, समय अाएपछि भनुँला। तर, काेतपर्व, भण्डारखाल पर्व जस्ता काण्ड मच्चाएर चुनाव हुन नदिने सम्भावना छ। सबै बामपन्थी र प्रगतिशील शक्तिहरु सतर्क हुन जरुरी छ। जनमतमा जित्ने नदेखेपछि प्रतिक्रियावादी शक्तिले साेच्ने जालझेल र नरसंहार नै हाे।”

कात्तिक ६, २०८१ बुधबार ३:२०:२६