चितवनमा उम्मेद्वारी मेरा लागि पुनर्मिलन पनि हाे, “प्रचण्ड”

कार्तिक १८, भरतपुर। माअाेवादी केन्द्रका अध्यक्ष एवं चितवन क्षेत्र नं. ३ का उम्मेद्वार प्रचण्डले चितवनमा अाफ्नाे उम्मेदवारी पुनर्मिलन पनि भएकाे बताउनु भएकाे छ ।
“अब चितवन अाउँदा छुट्टै भावना पैदा हुन्छ, बचपनमा सँगै खेलेका पढेका साथीहरुसँग पुनर्मिलन भएकाे छ। हुर्काएका काका, काकी हुनुहुन्छ, पढाएका गुरुहरु हुनुहुन्छ। यसले मलाई पुराना दिनहरुकाे स्मरण गराएकाे छ ।”
“स्थीर सरकारका लागि बामपन्थी शक्तिहरुले जित्नुपर्छ। पाँच वर्षका लागि स्थीर सरकार बन्याे भने देशकाे मुहार फेरिन्छ” अध्यक्ष प्रचण्डले भन्नुभयाे, “मैले १० महिनामा जुन काम गरें, त्यसले ईच्छाशक्ति भयाे भने धेरै कुरा गर्न सकिन्छ भन्ने प्रमाणित गरेकाे छ। ५ वर्ष स्थीर सरकार बनाएर हामी देशकाे विकास र समृद्धिमा क्रान्तिकारी रुपान्तरण गर्न चाहन्छौं।”
कार्यक्रममा चितवन क्षेत्र नं. ३ (क) का उम्मेद्वार कृष्ण भूर्तेल, ३ (ख) का उम्मेद्वार रामलाल महताे, एमाले नेता देवी ज्ञवाली, माअाेवादी केभचन्द्रका नेता सूर्य सुवेदी लगायतले बाेल्नुभएकाे थियाे। कार्यक्रमपूर्व बाम गठबन्धनको चितवन क्षेत्र नं. ३ का कार्यालय उद्घाटन गरिएकाे थियाे।
भरतपुर १४ शिबनगरमा अायाेजित कार्यक्रममा कांग्रेसका स्थानीय नेताहरु गुमान बहादुर खड्का, लालबहादुर घिसिङ लगायतका ८९ जना कार्यकर्ता बाम गठबन्धनमा सहभागी भएका छन्।

कात्तिक ६, २०८१ बुधबार ५:७:२१