अध्यक्ष प्रचण्डद्वारा नयाँ शक्तिकी केन्द्रीय सदस्य तथा पूर्वसांसदलाई नेकपा स्वागत (भिडियाे)

काठमाडौँ । तत्कलीन नयाँ शक्तिकी केन्द्रीय सदस्य तथा पूर्वसांसद सीमा विक नेकपा प्रवेश गरेकी छन् गर्नुभएको छ। धुम्वराहीस्थित नेकपाको मूख्यालयमा आयोजित स्वागत कार्यक्रममा उहाँलाई पार्टी अध्यक्ष प्रचण्ड र महासचिव विष्णु पौडेलले स्वागत गर्नुभयो ।

विक पूर्व संविधान सभा सदस्य हुनुहुन्छ । सो अवसरमा बोल्दै अध्यक्ष प्रचण्डले एकता प्रक्रियामा एक कदम अघि बढिएको भन्दै पोलिटब्यूरो, जनवर्गिय संगठन र कार्यविभाजन एक दुई दिन भित्रै टुंग्याइने बताउनुभयो । उहाँले भन्नुभयो, ‘कम्युनिष्ट आन्दोलनलाई एकीकृत गर्ने प्रक्रियाको एउटा कडीका रूपमा बुझ्नुपर्दछ । देशमा समाजवादको आधार निर्माण गर्ने गरी समृद्धिकै अभियान तिर अघि बढ्ने एउटा कडी हो यो ।’

कात्तिक ९, २०८१ शुक्रबार १०:९:५४