अध्यक्ष प्रचण्डद्वारा नेता पाैडेलप्रति अन्तिम श्रद्धान्जली (फाेटाे)

चितवन । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री प्रचण्डले दिवंगत नेता तथा पूर्व शिक्षा मन्त्री धनीराम (डि.अार.) पाैडेलप्रति अन्तिम श्रद्धान्जली अर्पण गर्नुभएकाे छ । अाज बिहान अध्यक्षले चितवनकाे माडीस्थित निवास पुगी उहाँ प्रति श्रद्धान्जली अर्पण गर्नुभएकाे हाे ।

श्रद्धान्जली कार्यक्रममा नेकपाका प्रवक्ता नारयणकाजी श्रेष्ठ, नेताहरू वामदेव गाैतम, अमिक शेरचन, गृहमन्त्री रामबहादुर थापा बादल, शिक्षामन्त्री गिरीराजमणी पाेख्रेल, देव गुरूङ लगायतका नेताहरूकाे उपस्थिती थियाे । उहाँकाे अाज नै माडीमा दाहसंस्कार गरिने छ ।

कात्तिक ८, २०८१ शुक्रबार २:४:१०