अध्यक्ष प्रचण्डबाट अभिभावकत्व ग्रहण गरेका दुई बालकको शैक्षिक प्रगतिबारे जानकारी

चितवन । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष प्रचण्डले गतवर्ष विद्यालय भर्ना अभियानका क्रममा अभिभावकत्व ग्रहण गर्नुभएका उत्पीडित समुदायका दुई बालकको शैक्षिक प्रगतिबारे जानकारी लिनुभएको छ ।

निर्वाचन क्षेत्रका हरेक कार्यक्रममा सहभागी हुने क्रममा चितवन जाँदा अध्यक्ष प्रचण्डले अभिभावकत्व ग्रहण गर्नुभएका बालकहरु अरुण माझी र पत्रुश मुसहरको पढाइको बारेमा बारम्बार जानकारी लिने गर्नुभएको थियो ।

आज उनीहरु पढिरहेको साझापुर मावि पुगेर उहाँले आफूले अभिभावकत्व ग्रहण गरेको बालकहरुको खाजा, कपी किताव र अन्य आवश्यकीय शैक्षिक सामाग्री बारे जिज्ञासा राख्नुभयो । गतवर्ष अध्यक्ष प्रचण्डले अल्पसंख्यक मुसहर समुदायका बालबालिकाहरुका लागि देशैभरीका सबै पालिकाहरुमा खाजाको व्यवस्था गर्न रकम निकासाका लागि पहल गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको थियो । अध्यक्ष प्रचण्डको पहलमा यस वर्षबाट मुसहर बालबालिकाका लागि देशैभर विद्यालयमा खाजाको व्यवस्थाका लागि रकम निकासा भएको छ ।

साझापुर माविको स्वर्ण महोत्सव उद्घाटन गर्न पुग्नुभएका अध्यक्ष प्रचण्डले सो अवसरमा सांसद कोषबाट २० लाख रुपैयाँ विद्यालयको गुणस्तर र भौतिक पूर्वाधारको निर्माणको लागि प्रदान गर्ने बताउनुभयो ।

कात्तिक ६, २०८१ मंगलबार २३:५५:४०