अध्यक्ष प्रचण्डबाट अल्पसंख्यक समुदायका बालबालिकालाई विद्यालय भर्ना गरिँदै

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्डले नेपाल सरकारको बालबालिका भर्ना अभियान अन्तर्गत आज(बुधवार) पश्चिम चितवनको मेघौलीमा अल्पसंख्य समुदायका बालबालिकाहरुलाई विद्यालय भर्ना गर्नुहुने भएको छ ।

उहाँले बिहान ११ बजे चितवन जिल्लाको मेघौलीस्थित साझापुर माध्यमिक विद्यालयमा माझी र मुसहर समुदायका दुई बालकहरुको विद्यालयमा भर्ना गरि अभिभावकत्व ग्रहण गर्नुहुने भएको हो ।

अध्यक्षले ९ वर्षका अरुण माझी र ५ वर्षका पत्रुस मुसहरलाई विद्यालयमा भर्ना गर्नुहुनेछ । अध्यक्ष प्रचण्डको अभिभावकत्वमा दुई बालकहरुले कक्षा १२ सम्म निःशुल्क अध्ययन गर्न पाउनेछन् । मेघौलीको उक्त क्षेत्र अल्पसंख्यक माझी, बोटे र मुसहरहरुको बाहुल्य रहेको क्षेत्र हो ।

कात्तिक ७, २०८१ बुधबार ७:१३:४