पार्टी एकता बैशाख महिनामै हुन्छः अध्यक्ष प्रचण्ड

चितवन । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्डले नेकपा (माओवादी केन्द्र) र नेकपा एमालेबीचको एकता बैशाख महिनामै हुने बताउनु भएको छ । चितवनको भरतपुरमा बुधवार प्रेस चौतारी र प्रेस सेन्टर नेपाल चितवनले संयुक्त रुपमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उहाँले यस्तो बताउनु भएको हो ।

अध्यक्ष प्रचण्डले भन्नुभयो, ‘अब कोशिष गर्दै छौं, आज हामी सबै देशभरि पुगेका छौं, भोलि फर्किएपछि प्रधानमन्त्रीसँग कुरा हुन्छ । त्यसपछि मिति ‘फिक्स’ हुन्छ ।’ यसअघि दुबै दलको कार्यदलले बैशाख ९ गते पार्टी एकताका लागि नेतृत्वलाई सुझाव दिएको थियो ।

अध्यक्ष प्रचण्डले सकेसम्म बराबरी र सम्मानजनक रुपमा एकतामा जाने भन्ने छलफल भएको र यसमा पनि कुनै विवाद नरहेको बताउनु भयो ।

‘कुनै विवाद भयो भन्ने कुरा भने विल्कुलै होईन, संविधानमा जनयुद्ध र जनआन्दोलनलाई कसरी सम्वोधन गर्ने र पार्टीका विभिन्न समितिहरुलाई कुन आधारमा बनाउने भन्ने कुराको विषयमा अहिले छलफल छ’ उहाँको भनाई थियो ।

कात्तिक ७, २०८१ बुधबार ९:०:५८