अध्यक्ष प्रचण्डबाट सहिद प्रतिक्षालयको उद्घाटन

चितवन, २६ फागुन । अध्यक्ष प्रचण्डले पश्चिम चितवनको नारायणी नगरपालिका–४ अमृतनगरमा निर्मित सहिद स्मारक प्रतिक्षालयको मंगलबार बिहान उद्घाटन गर्नुभयाे । सो अवसरमा उहाँले प्रमुख दलहरु सरकारमा नै रहेर संविधान कार्यान्वयन र पुनः निमार्णमा जुट्दा काम गर्न सहज हुने बताउनुभयो ।

chitwan-sahid-pratikshyalaya (4)

उच्चस्तरीय राजनीतिक संयन्त्रका संयोजकसमेत रहनु भएका एमाओवादी अध्यक्ष प्रचण्डले १६ बुँदे सहमति अनुरुप पहल सुरु गरिने बताउँदै आउनु भएको छ । उहाँले संविधान कार्यान्वयन, भूकम्पपछिको पुनःनिर्माण र राष्ट्रिय एकता एवम् समृद्धिका लागि सबै दल एक ठाउँमा उभिनुपर्ने दाबी गदै आउनु भएएको छ ।

तीन दिन चितवनको बसाईको क्रममा चितवनको विकासमा आफ्नो ध्यान आकर्षित भएको बताउँदै प्रचण्डले मङ्गलपुरबाट मेघौलीसम्म जाने सडक कालोपत्रे गर्न, चितवन राष्ट्रिय निकुञ्जका जनावरबाट प्रभावित जनतालाई उचित राहत दिलाउन र नदी कटान रोक्न आवश्यक पहल गर्न आफु लाग्ने समेत बताउनु भयो ।chitwan-sahid-pratikshyalaya (3)काठमाण्डौ फर्कने क्रममा माओवादी अध्यक्ष प्रचण्डले दियालो बंगला देवघाट मार्गको योगी नरहरी नाथ आश्रम र बागेश्वरी प्राकृतिक चिकित्सालयको अवलोकन गर्नु भएको थियो ।  उहाँले त्यहाँ भए गरिएका काम र त्यहाँको प्रगतिबारे पनि  जानकारी लिनु भएको थियो । चितवन त्यसैमा पनि यो क्षेत्रका अगुवाहरुले थालनी गरेको यस अभियानमा आफ्नो पूर्ण समर्थन र सहयोग रहने प्रतिवद्धता पूर्व प्रधानमन्त्री प्रचण्डको थियो ।
प्रचण्ड चितवन रहँदा मामा भाञ्जा लाईभस्टक गाईफार्म, मंगलपुरमा रहेको दिव्य गड्यौला अर्गानिक मल फार्मको पनि अवलोकन गर्नु भएको थियो ।chitwan-sahid-pratikshyalaya (1)

कात्तिक ८, २०८१ बिहीबार १६:६:३६