ग्यास विक्रेता महासंघका प्रतिनिधिद्वारा अध्यक्षसँग भेट

काठमाडौं, २९ फागुन ।  ग्यास बिक्रेता महासंघका प्रतिनिधि मण्डलले आज बिहान अध्यक्ष प्रचण्डसँग भेट गरेको छ । महासंघका अध्यक्ष ज्ञानेश्वर अर्यालको नेतृत्वमा आएको उक्त प्रतिनिधि मण्डलले ग्यासको आपूर्ति सहज बनाउन एक ज्ञापन पत्र पनि बुझाएको छ ।

ज्ञापनपत्रमा बजारमा ग्यासमा भएको कालोबजारी रोक्न पहल गर्न, प्रधानमन्त्रीको चीन भ्रमणमा चीनबाट पनि ग्यास आपूर्तिका लागि वातावरण मिलाउने बारे सल्लाह गर्न लगायतका विषयहरु समावेश भएको अध्यक्ष अर्यालले बताउनु भयो । अध्यक्ष प्रचण्डले महासंघले उठाएका विषयहरुमा सरकार र सम्बन्धित मन्त्रालयका मन्त्रीहरुसँग छलफल गरी समस्याहरुको समाधान निकाल्न पहल गर्ने बताउनु भयो ।

कात्तिक ८, २०८१ बिहीबार १८:३:११