अध्यक्ष प्रचण्डसँग इजरायली राजदूत बेनी ओमेरको भेट

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्डसँग इजरायलका राजदूत बोनी ओमेरले भेट गर्नुभएकाे छ । मंगलवार बिहान खुमलटारमा भएको भेटमा अध्यक्ष प्रचण्डले कृषि क्षेत्रमा इजरायलले गरेको प्रगति नेपालको आर्थिक समृद्धिका लागि अनुकरणीय हुने बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘नेपालको आर्थिक समृद्धि कृषिमा आधारित उद्योगको विकासबाट मात्र सम्भव छ र त्यसमा इजराजयको प्रविधि हाम्रा लागि धेरै महत्वपूर्ण हुन्छ ।’ उहाँले कृषिमा आधारित उद्योगका लागि आफूहरु इजरायलसँग प्राविधिक सहकार्य गर्न इच्छुक रहेको पनि बताउनुभयो । ‘इजरायलको कृषि क्षेत्रको प्रगति हाम्रा लागि प्रेरणा स्रोत हुन्,’ उहाँले भन्नुभयो ।

इजरायलका राजदूत ओमेरले आफूहरु नेपालको कृषि क्षेत्रको विकासमा सहयोग गर्न तयार भएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘मौरीपालन, फलफूल र तरकारी खेती हाम्रा प्राथमिकतामा छन् । यो क्षेत्रमा हामी नेपाली किसानसँग सहकार्य गर्न इच्छुक छौं ।’ सिकौ र कमाऔं भन्ने नीति इजरायलकाे रहेको बताउँदै राजदूत ओमेरले नेपालमा व्यवसायिक तालिम केन्द्र खोल्न अाफूहरू तत्पर रहेको धारणा राख्नुभयाे ।

कात्तिक ८, २०८१ बिहीबार १४:१८:२