अध्यक्ष प्रचण्डसँग चिनियाँ विदेशमन्त्रीकाे भेटवार्ता (भिडियाे)

काठमाडौं । नेपाल भ्रमणमा रहनुभएका चिनियाँ विदेशमन्त्री वाङ यीले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष प्रचण्डसँग अाज (मंगलबार) बिहान भेटवार्ता गर्नुभएकाे छ । 

भेटमा नेपालको आर्थिक विकासको प्रयासमा चीन सरकार र चिनियाँ जनताबाट हुने सहकार्य र सहयोगलाई थप विस्तार गर्नेबारे पनि छलफल भएको थियाे । दुई देशबीचको मित्रतापूर्ण सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा छलफल केन्द्रित थियाे । चिनियाँ राष्ट्रपतिको सि जिङ पिङको आसन्न नेपाल भ्रमणबारे छलफलमा विचारविमर्श भएको भयाे । दुबै नेताबीच छलफल सकारात्मक र उत्साहप्रद रह्याे ।

Posted by क. प्रचण्ड / Comrade Prachanda on Monday, September 9, 2019

भेटका क्रममा अध्यक्ष प्रचण्डले भन्नुभयाे, ‘हामीले चीनको सहयोग मात्रात्मक मात्र नभई गुणात्मक हुने अपेक्षा गरेका छाैं । यसले नेपालको आर्थिक विकासमा सहयोग पुग्ने विश्वास लिएका छौं । भेटका क्रममा विदेशमन्त्रीज्यू हामीले उठाएको विषयमा सकारात्मक बन्नु भएको छ ।’

अध्यक्षले विदेशमन्त्री वाङकाे याे भ्रमण सय वर्षकाे नेपाल चीन बीचकाे सम्बन्धलार्इ थप मजबुत बनाएकाे बताउनुभयाे । उहाँले भन्नुभयाे, ‘एक चीन नीतिप्रति हामी मुखले हाेइन कामले देखाउने छाैं ।’ अध्यक्षले छाेटाे समयमा अाधुनिक चीन निर्माण गरेकाेमा चिनियाँ कम्यनिष्ट पार्टी र राष्ट्रपति सिलार्इ बधार्इ दिन चाहान्छु भन्नुभयाे । उहाँले भन्नुभयाे, ‘याे सन्देश महामहिम राष्ट्रपतिलार्इ सुनाइ दिनुहाेला ।’

भेटका क्रममा विदेशमन्त्री वाङ यीले चीन नेपालकाे सधैंकाे मित्र भएकाे बताउनुभयाे । उहाँले भन्नुभयाे,’नेकपाकाे सरकार बनेपछि यहाँ राजनीतिक स्थिरता कायम भएकाे छ र याे नै विकासकाे मूलअाधार हाे ।’ नेपाली जनताकाे अपेक्षा पुरा गर्न चीन सरकार सकारात्मक छ ।’

कात्तिक ८, २०८१ बिहीबार २१:५:१२