अध्यक्ष प्रचण्डसँग सद्भावना अध्यक्ष महतोको भेट

काठमाडौं, २३ माघ । सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले अध्यक्ष प्रचण्डसँग आज साँझ लाजिम्पाटमा भेट गर्नुभएको छ । भेटमा तराई मधेसको आन्दोलनका बारेमा र शीर्ष दल र मधेसी मोर्चाका बीच भईरहेको छलफलका बारेमा कुराकानी भएको थियो ।

अध्यक्ष प्रचण्डले शीर्ष दल र मोर्चाबीचको छलफल र सहमतिबाटै निकास खोजिने छलफलका क्रममा बताउनुभएको थियो । उहाँले सिमांकनका बिषयहरु पनि छलफल र संवादका माध्यमबाट सहमतिमै टुंगो लाग्ने स्पष्ट पार्नुभयो ।

सद्भावनाका अध्यक्ष महतोले आन्दोलनबाट जनताले सास्ती पाएकोले आफूले सञ्चार माध्यममा दिएको अभिव्यक्ति सही भएको बताउनु भएको थियो । उहाँले पनि संवाद र छलफलबाट नै अब सहमतिमा पुग्नुपर्ने बताउनु भयो ।

CMPrachanda_Mahato

कात्तिक ७, २०८१ बुधबार ९:३:४१